डा. खड्काले लिए परराष्ट्र मन्त्रीको सपथ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

डा. खड्काले लिए परराष्ट्र मन्त्रीको सपथ


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य डा.नारायण खड्कालाई मन्त्री पदको सपथ खुवाइएकी छन्।

परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएका सांसद डा.खड्कालाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रममा शीतलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाको उपस्थिति थियो।


राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन्।


परराष्ट्रमन्त्रीको शपथ लिएका खड्का अहिले पदभार ग्रहण गर्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय आउँदैछन्। आज राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने तरखरमा रहेका खड्का उदयपुर क्षेत्र नं१बाट निर्वाचित सांसद हुन्।


योसँगै देउवा नेतृत्वको मौजुदा सरकारको ७ जना सदस्य पुगेका छन्। यसअघि प्रधानमन्त्री नियुक्त भएकै दिन सभापति देउवाले कांग्रेसबाट दुई र माओबादी केन्द्रबाट २ जनालाई मन्त्रीपरिषद् सदस्यमा नियुक्त गरेका थिए। त्यसको दुई सातामै प्रधानमन्त्री देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री बनाएका थिए।

भिडियाे…

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ आश्विन ६, १४: १९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ आश्विन ६, १४: १९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ आश्विन ६, १४: १९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...