
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको क्रममा मंगलबार भएको वडा अधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकटका नेताहरु क्षेत्रिय प्रतिनिधिमै पराजित भएका छन्।
सभापति देउवा निकटका नेताहरु नेपाली कांग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्ती र जिल्ला कार्यसमिति रोल्पाका बहालवाला सचिव मोहन परियार वडा तहमै पराजित भएका छन्। घर्ती रोल्पाको माडी गाउँपालिका २ नम्वर वडा अधिवेशनमा क्षेत्रिय प्रतिनिधिमै पराजित भए।
त्यस्तै, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका बहालवाला सचिव मोहन परियार रोल्पाको त्रिबेणी गाउँपालिका ३ नम्वर वडा अधिवेशनमा क्षेत्रिय प्रतिनिधिमा पराजित भएका हुन्।
यता नेता रामचन्द्र पौडेल निकटका नेता तथा नेपाली काग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्रबहादुर थापा बाह्रबिसे नगरपालिका ३ नम्वर वडा अधिवेशनमा क्षेत्रिय प्रतिनिधिमै पराजित भएका छन्। सोही वडाबाट कांग्रेसको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि पराजित भएका छन्।
सिन्धुपाल्चोककै बलेफी गाउँपालिकाको वडा अधिवेशनमा नेपाल महिला संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिकी सभापति गीता नेपाल ढुंगाना पनि पराजित भएकी छन्।
सिन्धुपाल्चोककै त्रिपुरासुन्दी ३ नम्वर वडाको अधिवेशनमा नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिना वडा अधिवेशनमा पराजित भएका छन्। तिमिल्सिना नेता सिटौला निकटका नेता हुन्। त्यस्तै, सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल सोही गाउँपालिकाको वडा अधिवेशनमा क्षेत्रिय प्रतिनिधिमा पराजित भएकी छन्।
सिन्धुपाल्चोक कांग्रेसको खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतको गृह जिल्ला हो। सिन्धुपाल्चोकमा मंगलबारदेखि भएको सबै वडाको अधिवशेनमा बस्नेत नेतृत्वको स्थानीय नेता र कार्यकर्ताको उल्लेख्य रुपमा विजयी हात पारेका छन्। क्रियाशिल सदस्यता वितरणवको बिषयमा बिबाद हुँदा यो जिल्लामा मंगलबार मात्र वडा अधिवेशन भएको हो।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...