
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने बताएका छन्।
बुधबार ललिता निवास जग्गा प्रकरणबारे प्रस्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा गच्छदारले आफू लोकतान्त्रिक फोरमबाट काँग्रेस बलियो बनाउन आएको र काँग्रेसको कुनै गुटमा नआएको भन्दै आफ्नो लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल दुवै सम्मानित नेता भएको बताए।
नेता गच्छारले ललिता निवास प्रकरणमा अख्तियारले राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गरे। उनले ललिता निवास प्रकरणमा आफू अदालतमा उपस्थित हुनु र प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु संयोगमात्र भएको दावी गरेका थिए।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...