
काठमाडौं । एक महिनादेखि लगातार आरालो लागेको शेयर मार्केट कारोबारको तेश्रो दिन बुधबार १०५ अंकले बृद्धि भएर छलाङ मारेको छ। बुधबार नेप्से परिसूचक बृद्धि भएर २ हजार ८१७ अंकमा उक्लिएको हो।
सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेर ५ सय २८.१० को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने ६ अर्ब रुपैयाँ माथि भएको छ। बुधबार कारोबार भएका सबै कम्पनीको सेयर मूल्य बढेको छ। नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
वित्त समूह सर्वाधिक ८.५४ प्रतिशतले उकालो लागेर छलाङ मार्यो। विकास बैंक समूह ७.७४ प्रतिशतले, बैंकिङ समूहमा ३.२८ प्रतिशतले, होटेल तथा पर्यटन समूह ४.१९ प्रतिशतले र जलविद्युत समूह ५.५७ प्रतिशतले वृद्धि भएको छ।
लगानी समूहमा ४.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८ प्रतिशत, लघुवित्त समूहमा ३.३२ प्रतिशत, म्युचुअल फन्डमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.६४ प्रतिशत, अन्य समूहमा २.३६ प्रतिशत र व्यापार समूहमा ४.३३ प्रतिशतले वृद्धि भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरू
नेप्सेमा सूचीकृतमध्ये २ सय १७ कम्पनीका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर ६ अर्ब १७ करोड ९३ लाख १ सय ५७ रुपैयाँमा किनबेच भएका छन्। अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २३ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेसनल हाइड्रोको १८ करोड ४८ लाख रुपैयाँ, आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख रुपैयाँ, अपी पावरको १३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको १३ करोड २ लाख रुपैयाँ, सिटिजन्स बैंकको १२ करोड ५६ लाख रुपैयाँ, सानिमा बैंकको १२ करोड १७ लाख रुपैयाँ, ज्योति विकास बैंकको १२ करोड १ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने कम्पनी
बुधबार कारोबारमा आएका एउटाबाहेक सबै कम्पनीको सेयरमूल्य उकालो लागेको छ। बुधबार २० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आज प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, आईसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सको शेयर मुल्य १० प्रतिशतले बढेको छ।
सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, माउन्टेन हाइड्रो, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र हिमालय ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतले बृद्धि भएको छ।
आज ५ वटा कम्पनीको सेयरमूल्य भने ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...