मन्त्रीपरिषद् बिस्तारमा सभापतिले सल्लाह नगरेको भन्दै पौडेल पक्षकाे आपत्ति – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

मन्त्रीपरिषद् बिस्तारमा सभापतिले सल्लाह नगरेको भन्दै पौडेल पक्षकाे आपत्ति


काठमाडौं । गत असार २९ गते प्रधानमन्त्री भएका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी एकपछि अर्को गर्दै आफूखुसी पार्टीबाट सांसदलाई मन्त्री बनाएको भन्दै रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएका छ्।


पौडेल पक्षका नेताहरुको बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको आफूपक्षका केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो। उनीहरुले आफ्नो पक्षले मन्त्रिपरिषद्मा पाउने सिट संख्याको निर्धारण गर्नु पर्ने माग गरेको छ।


देउवा नेतृत्वको मन्त्रिपरिषदमा २९ गते ज्ञानेन्द्रबहादुर कार्की कानून र बालकृष्ण खाँण गृहमन्त्री बनाइएको थियो भने साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसख्या राज्य मन्त्रीमा नियुक्त गरिएको थियो। पार्टीबाट मन्त्रिपरिषद्मा मनोनित गरिएका ४ जना नै देउवा पक्षको भएको पौडेल पक्षको बुझाइ छ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ घटक दलका शीर्ष नेताको बैठक गरी तत्काल परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने गरी कांग्रेसबाट डा. नारायण खड्कालाई मन्त्रीपरिषद्मा ल्याउने प्रस्तावका विषयमा सहमति लिएका थिए।

वर्तमान मन्त्रिपरिषद्मा कांग्रेसले पाउने मन्त्रीको संख्या यकिन नभएको भन्दै पौडेल पक्षका नेताहरुले आफ्नो पक्षलाई कति जना मन्त्री दिने हो भन्ने विषयमा पनि सभापति देउवाले छलफल नगरेको गुनासो गरेका छन्। मन्त्रिपरिषद्मा आफ्नो समूहले पाउने मन्त्रीको सख्याको विषयमा देउवासँग बुझ्ने निष्कर्ष निकालिएको नेता अर्जुननरसिंह केसीले बताए।

बुधबार दिउँसो सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुअघि पौडेल पक्ष छुट्टै छलफल गरी मन्त्रिपरिषद विस्तारको विषय यस्तो माग उठाउने निर्णय भएको नेता केसीले बताए।

सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच भएको सहमति अनुसार चार कांग्रेसलाई सात वटा मन्त्रालय दिने सहमति भएको छ। संविधान अनुसार संघीय सरकारमा मन्त्रिपरिषद्को आकार २५ भन्दा बढाउन पाइँदैन्। सरकार साझेदार दल माओबादी केन्द्रका २ मन्त्री भइसकेका छन् भने नेकपा एकीकृत समाजबादी र संघीय समाजबादीबाट सरकारमा कोही पनि मन्त्री बनेका छैनन्।

यस्तै पौडेल समूहले १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्न ढिलाइ भएकोप्रति नेतृत्वको ध्यानाकर्षण गराउने भएको छ। कार्यतालिका अनुसार सबै वार्ड अधिवेशन दोश्रो पटक पर सारिएको मिति असोज ५ पनि हुन नसकेपछि असोज ९ गते हुने गाउँपालिका र नगर पालिकाको अधिवेशनको मिति पर सार्न माग गर्ने सो समूहको निर्णय छ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन ६, १७: ५३

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ आश्विन ६, १७: ५३

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ आश्विन ६, १७: ५३

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...