
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलबीच चर्काचर्की बहसपछि बैठक भाँडिएको छ।
सभापति देउवाले सिंहदरबारस्थित पार्टीको संसदीय दलको भवनमा बुधबार बोलाएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाडेर हिँडेका हुन्।
३ बजेर ४५ मिनेटमा शुरु भएको बैठकमा नेता पौडेलले एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी निर्णय गरेको बिषयमा जवाफ मागेपछि सभापति देउवा झ्वाँक्किएका थिए।
पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा झाेंक्किदै बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेका थिए। तर केही नेताले उनलाई समाएर बसाएका थिए। त्यसपछि केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए।
सभापति देउवा निस्किएपछि पनि अरू नेताहरू बसेर महाधिवेशनको सन्दर्भमा गाउँ र नगर अधिवेशनको मिति सार्ने निर्णय गरेका थिए। जसअनुसार आगामी असोज ९ गते हुने, गाउँ –नगर, असोज १२ गते हुने प्रदेशसभा निर्वाचन क्षेत्र र १५ गते हुने संघीय निर्वाचन क्षेत्रिय अधिवशेनको मिति केही सारेर दशैं अघि गर्ने र जिल्ला तथा प्रदेश अधिवेशन दशैं पछि गर्ने सहमति भएको छ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...