नेकपा एसको महासचिवमा डा.भूषाल र सचिवमा झाँक्रीः यी हुन १२ पदाधिकारी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

नेकपा एसको महासचिवमा डा.भूषाल र सचिवमा झाँक्रीः यी हुन १२ पदाधिकारी


काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नवठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)ले पार्टीको महत्वपूर्ण कार्यकारी पद महासचिवमा राष्ट्रिय सभाका सदस्य डा. बेदुराम भूषालसहित १२ नेतालाई पदाधिकारीको जिम्मेवारी दिएको छ।

नेकपा एसका अध्यक्ष नेपालको अध्यक्षतामा विहीबार बसेको पार्टी सचिवालयको बैठकले केन्द्रीय उपाध्यक्षमा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे, प्रदेश २का धर्मनाथ प्रसाद साह, प्रदेश १ की जयन्ती राई र प्रमेश हमाललाई चयन गर्ने सर्बसम्मत निर्णय गरेको छ।

उपमहासचिवमा डा. बिजय पौडेल, डा. गंगालाध तुलाधर र प्रकाश ज्वालालाई चयन गरिएको छ। सचिवमा चर्चित युवा नेतृ रामकमारी झाँक्री, प्रचार विभागका संयोजक जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठको नाम टुंगो लागेको स्रोतले बतायो। सचिवालय गरेकाे साे निर्णयलाइ बिहीबार नै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमाेदन गर्ने भएकाे छ।

प्रतिनिधिसभाका सदस्य तथा पूर्वएमालेका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने, अर्का सांसद बिरोध खतिवडा, सांसद मेटमणि चौधरी, युवा नेता राजेन्द्र राईलाई भने कुनै पनि जिम्मेवारी दिइएको छैन्। न्यौपाने, पाण्डे, खतिवडा र झाँक्री महासचिवका दाबेदार थिए।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल छन्। नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन्। पार्टीको अन्तरिम विधानमा १ जना अध्यक्ष, एक जना वरिष्ठ नेता, सात जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव २ र ७ जना सचिव गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था छ।

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन ७, १४: ०३

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन ७, १४: ०३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन ७, १४: ०३

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...