संघीय संसदको दुबै सदनबाट बजेट पारितः राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

संघीय संसदको दुबै सदनबाट बजेट पारितः राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको विनियोजन बिधेयक २०७८लाई प्रतिष्थापन गर्ने विधेयक आज संघीय संसदको दुवै सदनबाट बहुमतबाट पारित भएको छ।


पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको लागि प्रतिस्थापन विधेयक सदनमा पेश गरेका थिए। बजेटसँग सम्वन्धित राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकलाई आज बिहीबार बसेको राष्ट्रियसभा बैठकले पारित गरेको थियो।


राष्ट्रियसभाबाट सुझावबिना नै पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा पेश गरिएको थियो। अध्यादेशबाट ल्याएको बजेटलाई संघीय संसदको अधिवेशन शुरु भएको दुई महिनाभित्र पारित गर्नु पर्नेमा सरकारले तयारी नगर्दा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न पाएको थिएन।


राष्ट्रिय सभाको बैठकले बजेटसँग सम्वन्धित विधेयकहरु पारित गरेपछि मात्र आज प्रतिनिधि सभाको बैठक बसेको थियो। दुवै सदनले बजेट पारित गरेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुनासाथ खर्च अवरोध हट्नेछ। प्रतिनिधिसभाको कारबाही चालु हुँदा अघिल्ला बैठकमा जस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सदनको कारबाही अबरोध गर्न रोष्टम घेरेर नाराबाजी गरेका थिए।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ आश्विन ७, १५: ४९

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ आश्विन ७, १५: ४९

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ आश्विन ७, १५: ४९

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...