
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटीसहितको सांगठनिक संरचना निर्माण गर्ने निर्णय अनुसार बिहीबार १६ पदाधिकारीको चयन गरेको छ।
अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष नेपाल र बरिष्ठ नेता झलनाथा खनालपछिको तेश्रो मर्यादाक्रममा सांसद मुकुन्द न्यौपानेलाई राखेको छ। न्यौपानेलाई नेता पद दिइएको छ।
नेकपा एसको सात उपाध्यक्षमा बागमति प्रदेश सभा सदस्य राज्नद्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राईलाई चयन गरिएको छ। त्यस्तै महासचिवको जिम्मेवारी डा. बेदुराम भुषाललाई दिइएको छ भने कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, डा.गंगालाल श्रेष्ठ र डा. बिजय पौडेललाई उपमहासचिव बनाइएको छ।
त्यस्तै सचिवमा युबा नेतृत्वहरु अनेरास्ववियूका पूर्वअध्यक्षहरु राजेन्द्र राई, रामकुमार झाँक्री तथा जगन्नाथ खतिवडा र नागेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ। आगामी तीन महिनाको कार्ययोजना समेत तय गरेको बैठकले केन्द्रीय कमिटीबाहेक तल्ला कमिटीहरूमा दुई उपाध्यक्ष मात्रै राख्ने भएको छ।
पूर्ण र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य रहँदा पोलिटब्यूरो ७१ र स्थायी समिति ३५ सदस्यीय हुनेछ। ७०१ सदस्यीय केन्द्रीय परिषद, १५१ र १५१ सदस्यीय सल्लाहकार समिति र ज्येष्ठ नागरिक मञ्च रहनेछ। विभागहरू २५ सदस्यीय हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बिहीबारको बैठकले हरेक कमिटीमा महिला र युवाको संख्या एक तिहाई पुर्याउने जनाइएको छ।
दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिँदै बैठकले वडा तहसम्म संगठन विस्तार गर्ने योजना पनि बनाएको छ ।
(द्रष्टब्यः यसअघि प्रकाशित समाचारमा केशबलाल श्रेष्ठ उपाध्यक्ष हुनु पर्नेमा असावधानीका कारण सचिव हुन गएकोमा क्षमाप्रार्थी छौं – सम्पादक)
नेकपा एसको महासचिवमा डा.भूषाल र सचिवमा झाँक्रीः यी हुन १२ पदाधिकारी


नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...
काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...
काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...