शेखरले भने–गुण्डागर्दी र प्रहरी लगाएर संस्थापन पक्षले पार्टी कब्ज गर्न खोज्यो – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

शेखरले भने–गुण्डागर्दी र प्रहरी लगाएर संस्थापन पक्षले पार्टी कब्ज गर्न खोज्यो


काठमाडौं
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको संस्थापन पक्षले कतै गुण्डागर्दी गरेर त कतै प्रहरी सुरक्षाकर्मी लगाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

प्रदेश नम्बर २ का युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले मंगलबार सर्लाहीको बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि हातपात गरेको बिरोधमा पार्टी केन्द्रीय कार्यालय सानेपमा धर्नामा बसेका सर्लाही जिल्लाका नेताहरुप्रति ऐक्यबद्धा व्यक्त गर्न पुगेका नेता डा. कोइरालाले पार्टी संस्थापन पक्षमाथि यस्तो आरोप लगाएका हुन्।

कोइरालाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरेर ७५ वर्ष लामो पार्टी इतिहासमा कहिल्यै नभएको घटना हुनु दुखद भएको बताए। पार्टी संरचना कब्जा गर्ने उद्देश्यबाट जिल्ला–जिल्लामा नेताहरूले गुण्दागर्दी गरिरहेको भन्दै कोइरालाले यस्तो कार्य कदापी स्वीकार गरिँदैन।

गुण्डागर्दी गर्नेहरू परास्त हुने भन्दै डा. कोइरालाले शान्तिपूर्ण आन्दोलन र संयमित ढंगले गर्ने आन्दोलनमा आफूहरुको साथ रहने बताए। क्रियाशील सदस्यता विवाद समाधान नभएपछि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा धर्नामा छन्।

विधान लत्याएर करिब पाँच सय जनालाई क्रियाशील सदस्यता दिइएकोले जिल्लाका कार्यकर्ता न्यायको लागि धर्नामा बस्न बाध्य भएको प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले बताए। सर्लाहीका कार्यकर्ताको धर्नाप्रति ऐक्यवद्धता जनाउन अर्का नेता प्रकाशमान सिंह पनि सानेपा गएका थिए।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ आश्विन ७, १६: ५९

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन ७, १६: ५९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन ७, १६: ५९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...