प्रधानमन्त्रीको सचिवालयबाट दबाब आएको भन्दै समाजकल्याणमा सामूहिक राजिनामा – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

प्रधानमन्त्रीको सचिवालयबाट दबाब आएको भन्दै समाजकल्याणमा सामूहिक राजिनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयबाट ह्यारेसमेन्ट गरिएको र अनावश्यक दबाब दिएको भन्दै समाज कल्याण परिषद्का पदाधिकारीहरूले शुक्रबार सामूहिक राजीनामा दिएका छन्।


प्रधानमन्त्री देउवालाई सामूहिक राजीनामा बुझाउँदै उनीहरुले परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। परिषद्का पदाधिकारीहरुले सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताएका छन्।


परिषदका अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको र उनीहरूको म्याद थप गर्न र बजेट उपलब्ध गराउन सरकारसँग माग गर्दा सुनुवाई नभएको पदाधिकारीले गुनासो गरेका छन्। पदाधिकारीहरुले शुक्रबार पत्रकार सम्मेलन गरी राजिनामा दिएको बताएका छन्।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन ८, १५: ५२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन ८, १५: ५२

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन ८, १५: ५२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...