
काठमाडौं। नारायणहिटी दरबार संग्रहालयमा तत्कालिन राजाहरुले प्रयोग गर्ने बहुमुल्य रत्नजडित श्रीपेच लगाएर ‘राजा बन्छु’ भन्दै सिसा फोड्न थाल्ने रुकुममा खेमबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुकुम पश्चिम जिल्ला मुसीकोट नगरपालिका ११ का २५ वर्षिया घर्तीले श्रीपेच लगाउँछु भन्दै प्रदर्शनीमा राखिएको श्रीपेच चोर्न खोजेको संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दाबी गरेका छन्।
श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले सो कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए तर सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ।
श्रीपेच बुलेट प्रुफ सिसाभित्र रहेको छ। श्रीपेच राखिएको एकातर्फको भित्तामा रहेको सिसाको सोकेस घर्तीले फुटाएर खुकुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेको प्रहरीको दाबी छ।
टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए। घर्तीलाई प्रहरीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको छ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...