पोखरा महानगरमा विजुक्छे, डडेलधुरा, तनहुँ, झापा, काभ्रे, सुनसरीमा को को आए? – Naya Bikalpa
August 7, 2026, Friday      Epaper
नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशन ५५ जिल्लामा

पोखरा महानगरमा विजुक्छे, डडेलधुरा, तनहुँ, झापा, काभ्रे, सुनसरीमा को को आए?



काठमाडौं
। नेपाली कांग्रेस चौधौँ महाधिवेशनको क्रमममा हिँजो असोज ९ गते शनिबार ५५ जिल्लाका महानगरपालिका, उपमहामनगरपालिका, नगरपालिका र गाउँपालिकामा भएको अधिवेशनबाट पार्टीको संस्थापन पक्ष र संस्थापनइत्तर पक्षमा मिश्रित परिणाम आएको छ।


मुलुकका ६ वटा महानगरमध्ये पोखरा महानगरपालिकाको परिणाम अनुसार पार्टीमा संस्थापनइत्तर पक्षका सुरेन्द्रमान बिजुक्छेले करिव ६८ मतान्तरले महानगर इकाइ सभापतिमा विजय हासिल गरेका छन्। पोखरा महानगर इकाई सभापतिमा न्युनतम पारिश्रमित निर्धारण समितिका पूर्वअध्यक्ष तथा नेपाल प्रेस युनियका पूर्वउपाध्यक्ष गंगाधर पराजुली निकटतम प्रतिद्वन्दी भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने संस्थापन पक्षका सभापतिहरुले विजय हासिल गरेका छन् । डडेलधुराको परशुराम नगर सभापतिमा भरत बडायर जोशी, अमरगढी नगर सभापति खेमराज भट्ट, अजयमेरु गाउँपालिका सभापति टेकराज पाण्डेय, नबदुर्गा गाउँपालिका सभापति भोजराज भट्ट, आलिताल गाउँपालिका सभापति चन्द्रदेब बोहरा, भागेश्वर गाउँपालिका सभापति डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिका सभापति ईन्द्र कार्की विजयी भएका छन् ।


पार्टी नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको व्यास नगरपालिकाको सभापतिमा सुर्यचन्द्र हडखले, भानु नगरपालिकाको सभापतिमा राम कुमार श्रेष्ठ, आबुँखैरेनी गाउँपालिकाको अध्यक्षमा बिष्णु बहादुर पन्त, बन्दिपुर गाउँपालिकाको अधयक्षमा कर्ण बहादुर खत्री र देवघाट गाउँपालिकाको अध्यक्षमा तिल बहादुर थापा विजयी भएका छन्। तनहुँको क्षेत्र नं १ अन्तरगतका स्थानीय तहमा नेता पौडेल पक्षधरका सभापतिका उम्मेदवारले बिजय हासिल गरेका छन्।


यस्तै, नेता कृष्णप्रसाद सिटौलाको गृह जिल्ला झापाका १५ वटा स्थानीय तहमध्ये चार वटा स्थानीय तहको मतपरिणाम आएको छ । सभापति पदमा निर्विरोध चयन भएका स्थानीय तहमध्ये कचनकवलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजवंशी सचिव, सागर राजवंशी र रुद्र उप्रेती सहसचिवमा निर्विरोध चयन भएका छन्। उपसभापतिमा भने तीन जनाको उम्मेदवारी परेकाले सहमतिको पहल भइरहेको पार्टीका जिल्ला सभापति उद्धव थापाले बताए।


हल्दिबारीमा गङ्गा प्रसाईं, झापामा भगीरथ गणेश, बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्मा सभापतिमा निर्वाचित भएका छन्। झापाको भद्रपुर, मेचीनगर, बिर्तामोठ, दमक, गौरादह, कन्काइमा भने आज सभापति र स्थानीय तहको कार्यसमितिको चयनको लागि मतदान भइरहेको छ।

यसैगरी उपसभापति बिजयकुमार गच्छदारको गृह जिल्ला सुनसरीका दुई वटै उमहामहानगरमा संस्थापनइत्तर पक्षले बिजय हासिल गरेको छ। सुनसरीको धरान उपमहानगरपालिकामा श्याम पोखरेल र इटहरी उपमहानगरपालिकाको सभापतिमा हेमकर्ण पौडेल पुन सभापतिमा निर्वाचित भएका छन्।


सुनसरीकै देवानगंज गाउँपालिकामा जगधर यादव, सदरमुकाम इनरुवा नगरपालिकामा राजन मेहता र रामधुनी नगरपालिकामा सुदिप अधिकारी, कोशी गाउँपालिकामा सुलेमान मन्सुरी, बरहाक्षेत्रमा रमेश कार्की, गढीमा कमल चौधरी, बर्जुमा कृष्ण संग्रौला र हरिनगरमा नुनु अंसारी सभापतिमा निर्वाचित भएका छन्।


यस्तै तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गरे।

यस्तै सहमहामन्त्री सुनिल थापाको गृह जिल्ला धनकुटाको महालक्ष्मी नगर समितिको सभापति धु्रवराज राया, छथर जोरपाटि गाउँपालिका सभापतिमा छत्र सुव्वा, पाख्रिवास नगर समितिका सभापतिमा प्रेम भण्डारी, शहिदभूमि गाउँ पालिका सभापति टंक राई, सागुरीगढि गाउपालिका सभापति नेपाल धन राई, चौविसे गाउँपालिका सभापति विजु राई निर्वाचित भएका छन् ।


पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत तथा पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महतको गृह जिल्ला नुवाकोटको सूर्यगढी गाउँपालिकामा शंकर बहादुर प्याकुरेल, लिखु गाउपालिाकामा बिनोद पाठक, ककनी गाउँपालिकमा भाग्याश्री लामा, पन्चकन्या गाउँपालिकामा माधव प्रसाद खनाल, तादी गाउँपालिकामा नारायण प्रसाद पाण्डे, शिवपुरी गाउँपालिकामा कविराज गुरुङ र दुप्चेश्वर गाउँ पालिकामा रोजलाल मोक्तान सभापतिमा निर्वाचित भएका छन्।

घोराही उपमहानगरपालिकाको सभापतिमा २८६ मत ल्याएर तिलक रावत निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नीरज गिरीले १६२ मत प्राप्त गरेका छन्। उपसभापतिमा प्रदीप सुवेदीले २३५ र दुर्लभ केसीले २९४ मत ल्याई निर्वाचित भएका छन्।

बैतडी जिल्लाको दशरथ चन्द नपामा भुवन भट्ट, पाटन नपामा मान सिंह ऐर, पुर्चौडी नपामा गणेश गडाल, मेलौली नपामा प्रमानन्द भट्ट, डिलासैनी गापामा जयानन्द जोशी, सिंगाँस गापा कर्ण ऐर, दोगडाकेदार गापामा नन्दराज भट्ट, सुर्नया गापामा प्रताप महरा शिबनाथ गापा।मा हिरा चन्द र पन्चेश्वर गापामा राम बहादुर चन्द सभापतिमा निर्वाचित भएका छन् ।

लमजुङको बेसीशहर नपामा शरण हरी जोशी, मध्यनेपाल नपामा बसन्त राज घिमिरे, सुन्दरबजार नपामा प्रकाश सेढाई. क्व्हँलोसोथर गापामा पस बहादुर गुरुङ, मस्र्याङ्दी गापमा कृष्ण बहादुर गुरुङ दुधपोखरी गापामा मेघराज गुरुङ र दोर्दी गापामा बिच्छ बहादुर घले निर्वाचित भएका छन् । यहाँको राइनासमा भने अधिवशेन भएको छैन ।


इलामको
इलाम नगरपालिका नगर सभापतिमा तिर्थ गुरुङ,सुर्योदय नगरपालिकाको सभापतिमा जीवन नेपाल, माई नगरपालिका नगर सभापतिमा हेम लिम्बू, देउमाइ नगरपालिका नगर सभापतिमा दिलिप कार्र्की, चुलाचुली गाउँपालिका पालिका सभापतिमा राजेन्द्र केरुङ, फाकफोकथुम गाउँपालिका सभापतिमा डिक बहादुर थापा,सन्दकपुर गाउँपालिका सभापतिमा तुलाराम गुरुङ,माङ्सेबुङ गाउँपालिका सभापतिमा चन्द्र सावाँ, माइजोगमाइ गाउँपालिका सभापतिमा नरेन्द्र देवान र रोङ गाउपालिका सभापतिमा हरि बुढाथोकी चयन भएका छन् ।


काभ्रेबाट नेपाली कांग्रेस काभ्रेको १४ औं महाधिवेशनको क्रममा विभिन्न स्थानीय तहको अधिवेशनमा मिश्रित परिणाम आएको छ । धुलिखेल नगरपालिकामा बिदुर बस्नेत, पाँचखाल नगरपालिकामा संजय लामा, मन्डन देउपुर नगरपालिकामा कस्यप पौडेल, बनेपा नगरपालिकामा महेश कर्माचार्य, खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा, बेथान्चोक गाउँपालिकामा प्रेम बहादुर तिमल्सिना, रोशी गाउँपालिकामा दूधराज लामा, पनौती नगरपालिकामा रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकामा कून्साङ लामा, तिमाल गाउँपालिकामा ज्ञान बहादुर लामा, चौरी देउराली गाउँपालिकामा शेर बहादुर तामाङ र भूम्लु गाउँपालिकामा दावा लामा निर्वाचित भएका छन् ।


यस्तै मकवानपुरको हेटौंडा उपमहानगर सभापतिमा उत्सब इटिनी, थाहा नगरपालिका सभापतिमा प्रमोद जोशी, मनहरी गाउँ पालिका सभापतिमा प्रकाश बर्ताैला, इन्द्र सरोबर गाउँ पालिका सभापतिमा बिश्व लामा, भिमफेदी गाउँ पालिका सभापतिमा संन्जिव श्रेष्ठ, गढी गाउँ पालिका सभापतिमा राजबिर लामा, बकैया गाउपालिका सभापतिमा दिल बहादुर भोम्जन, बागमती गाउपालिका सभापतिमा फणिन्द्र तिमल्सिना, कैलाश गाउँ पालिका सभापतिमा राजेन्द्र घिसिङ, र राक्सिराङ गाउपालिका सभापतिमा बीरेन्द्र जिम्बा निर्वाचित भएका छन् ।

स्याङ्जाको स्थानीय तहमा भएको निर्वाचनमा आँधीखोलामा नरेन्द्र पौडेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदिखोलामा महेन्द्र थापा, बिरुवामा डोलराज पोेखरेल, हरिनाशमा टोपबहादुर भुजेल, भिरकोटमा यामप्रसाद अधिकारी, चापाकोटमा विक्रम सारु, पुतलिबजारमा सुरज कुमार अधिकारी र गल्याङ् नगर सभपातिमा श्यामप्रसाद बस्याल चयन भएका छन् ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिकामा चन्दप्रकाश आचार्य, सुनछहरी गाउँपालिकामा कोम बहादुर बुढागमर, सुनिलस्मृति गाउँपालिकामा मन बहादुर गिरी, गंगादेव गाउँपालिकामा मीन बहादुर खड्का, माडी गाउँपालिकामा नवराज डाँगी, परिवर्तन गाउँपालिकामा खडक बहादुर घर्ती मगर, थबाङ गाउँपालिकामा खरिलाल डाँगी, त्रिवेणी गाउँपालिकामा दुर्योधन राना, रुन्टीगढी गाउँपालिकामा जनक पुन र लुङ्ग्री गाउँपालिकामा जनक खड्का सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै, कमलामाई नगरपालिका सिन्धुलीको सभापतिमा कमल पोखरेल र बागलुङको निसीखोलामा सूर्यबहादुर घर्ती मगर सभापतिमा विजजी भएका छन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन १०, १६: ०१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ आश्विन १०, १६: ०१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ आश्विन १०, १६: ०१

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...