बुद्ध एयरको चक्का नखुलेपछि बिराटनगरबाट काठमाडौं फर्काएर आपतकालिन अवतरण – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper
ठूलो दुर्घटनाबाट बच्यो बुद्ध एयरः दुई घण्टा काठमाडौंको आकास खाली राखियो

बुद्ध एयरको चक्का नखुलेपछि बिराटनगरबाट काठमाडौं फर्काएर आपतकालिन अवतरण



काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सोमबार बिहान आपतकालिन अवतरण गरिएको गरिएको बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट बचेको छ।


आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको जहाज विमानस्थलमा अवतरण गर्न लाग्दा पाँग्रा नखुलेपछि बिराटनगरभन्दा काठमाडौंमा आपतकालिन अवतरण तुलनात्मक रुपमा सुरक्षित हुने देखेर पाइलटले सो बिमान पुनः काठमाडौं फर्काएका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सामान्य रुपमै अवतरण गराएर पार्किङस्थलमा गइसकेको बताए। जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको छ। चालक दलका ४ सदस्य र ७३ जना यात्रु बोकेको सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए।

समयमा नखुलेपछि बुद्ध एयरका जहाज काठमाडौं फर्किएको थियो । काठमाडौं फर्कर्ने क्रममा बुद्ध एयरका अप्रेशनका कर्मचारी र पाइलटहरूको संयुक्त प्रयासमा जहाजलाई सकुशल त्रिभुवन विमानस्थलमा नियमित प्रक्रियाअनुसार अवतरण गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए ।

जहाज विराटनगरबाट फिर्ता भएपछि विमानस्थलमा सबै सुरक्षा सर्तकता अपनाइएको थियो। बुद्ध एयरको जहाज करीव २ घण्टा आकाशमा उडाइएको थियो। सोही क्रममा जहाजको ल्याण्डिङ गियर मर्मत गरिएको थियो। त्यस क्रममा अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द गरेर बुद्ध एयरको जहाजका लागि ट्राफिक क्लियर गरिएको थियो।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ र बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

जहाजमा इन्धन धेरै भएकाले काठमाडौं विमानस्थलको नजिक सो विमानले दर्जनौं पटक फन्को मारेको थियो। जहाजलाई ‘फोर्स ल्याण्डिङ’ गर्दा इन्धन न्युन भएमा मात्रै अत्यधिक प्रज्वलनशिलता नहुने भएकाले इन्धन आकासमै धेरै खपत गराइएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका फ्लाइट अप्रेशन डिपार्टमेन्टका प्रमुख तथा प्रवक्ता रिञ्जी शेर्पाले बुद्ध एयरको विमानमा भएको प्राविधिक खराबीका विषयमा अध्ययन र छानविन हुने बताएका छन्। बुद्ध एयरको ल्याण्डिङ गियर नखुलेको विषयमा छानबिन हुने भएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन ११, १२: ३२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन ११, १२: ३२

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन ११, १२: ३२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...