
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृह जिल्ला झापाको ८ वटा नगरपालिका र ७ वटा गाउँ पालिकाको अधिवेशनमा सबै उनी पक्षधर सभापतिले विजय हासिल गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षधर कसैले पनि सभापतिमा विजय हासिल गर्न सकेनन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला भए पनि झापामा उनी निकटका भनेर खुल्ने कसैले पनि निर्वाचन जित्न सकेनन्। तर झापाका अधिकांस स्थानीय तहमा निकटतम प्रतिष्पर्धी भने प्रवक्ता शर्मा निकटकै देखिए।
सिटौलाको गृहनगर भद्रपुरमा रामबहादुर कँडेल १५९ मत ल्याएर विजयी भए। निकटतम प्रतिद्वन्दी पनि उनकै समूहका मदन बस्नेतले ५३, बन्धु कार्की ५१, भरत प्रसाईं ५० र ज्ञानबहादुर चौहानले १२ मत ल्याएका छन्।
प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरको सभापतिमा सुवेस पनेरु विजयी भए। उनले शर्मा निकटका नबिन बराललाई पराजित गरेका थिए। पनेरु मेचीनगर नगरपालिकाको वडाध्यक्ष पनि हुन्।
बिर्तामोठ नगरपालिकाको सभापतिमा भोजराज सिटौला विजयी भए। सिटौलाले १५९ मत ल्याउँदा कुलप्रसाद संग्रौलाले ४३ मत मात्र ल्याए। भोजराज राष्ट्रियसभाका पूर्वसांसद डिल्लीप्रसाद सिटौलाका पुत्र हुन्।
दमक नगरपालिकाको सभापतिमा प्रकाश प्रसाईं विजयी भए। प्रसाईले प्रवक्ता शर्मा निकटका पर्शुराम रिजाल र नेता शेखर कोइराला निकटका रोशन विष्टलाई पराजित गरेका थिए। गौरादह नगरपालिकाको सभापतिमा यादव सेढाइँले १२२ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिष्पर्धी प्रवक्ता शर्मा निकटका गोपाल प्रसाद कोइरालाले १२० मत ल्याएका थिए।
कमल गाउँपालिकाको सभापतिमा बुद्धिराज नेउपाने विजयी भए। उनले प्रतिष्पर्धी खगेन भण्डारीकै जति ६५ मत ल्याएका थिए। मत बराबर भएपछि नेउपानेले पहिलो आधा कार्यकालको जिम्मेवारी पाउने भएका छन्। गोला प्रथाद्वारा नेउपाने सभापतिमा विजयी भए। भण्डारी प्रवक्ता शर्मा निकटका हुन भने नेउपाने चहीँ सिटौला गृहमन्त्री हुँदा स्वकिय सचिव थिए।
गौरिगंज गाउँपालिकाको सभापतिमा अघनु राजबंशी निर्वाचित भए। दमक र गौरादह नगरपालिका तथा कमल र गौरिगंज गाउँपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचत क्षेत्रमा पर्छ ।
बाह्रदशी गाउँपालिकाको सभापतिमा इन्द्र बस्नेत १०१ मत ल्याएर निर्वाचित भए। उनका प्रतिष्पर्धी प्रवक्ता शर्मा निकटका टंकप्रसाद साहले ५८ मत पाए। अर्जुनधारा नगरपालिकाको सभापतिमा हेमराज खरेल १३१ मत ल्याएर विजयी भए। उनका प्रतिष्पर्धी प्रवक्ता शर्मा निकटकै भिष्म मिश्रले १०४ मत ल्याएका थिए।
कनकाई नगरपालिकाको इकाई सभापतिमा दुर्गा प्रसाईँ विजयी भए। शिवसताक्षी नगरपालिका अधिवेशनबाट सभापतिमा असोक बस्नेत २१५ मत ल्याएर विजयी भए भने प्रतिष्पर्धी प्रवक्ता शर्मा निकटका तुलाराम बोखिमले १४७ मत मात्र ल्याएका थिए।
झापा गाउँपालिकामा सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्मा, कचनकबल गाउँपालिकामा तुलाराम अधिकारी र हल्दिबारी गाउँपालिकामा गंगाप्रसाद प्रसाईं सर्बसम्मतले इकाई सभापतिमा निर्वाचित भए । सर्बसम्मत निर्वाचित सभापतिहरु सबै नेता सिटौला निकटका छन्।
कमल गाउँपालिका सभापतिमा विजयी नेउपाने नेतृ सुजाता कोइराला प्रमुख रहेको जीपी फाउण्डेसनको झापा जिल्ला अध्यक्ष छन भने झापा गाउँपालिकाका गणेश झापा जिल्ला सभापतिका आकांक्षी सिटौला निकटका देउमान थेवेका निकटका स्थानीय नेता हुन्।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...