केयूकेएल कर्मचारी यूनियनका अध्यक्ष साउदको सम्पति अख्तियारद्वारा छानबिन – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

केयूकेएल कर्मचारी यूनियनका अध्यक्ष साउदको सम्पति अख्तियारद्वारा छानबिन


काठमाडौं ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा नेकपा एमाले निकटको कर्मचारी युनियनका अध्यक्ष नवलसिंह साउदले सार्वजनिक सेवामा लागेर अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।


केयूकेएलमा अस्वभाविक रुपमा भ्रष्टाचार गरेर कमाएको धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न थालेपछि उनले विभिन्न शक्ति केन्द्रमा बचाउको प्रयास समेत गरेका छन्।


नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण पछि बनेको कर्मचारी युनियनमा प्राविधिकरुपले अध्यक्षको चिठ्ठा परेका साउदले पदको दुरुपयोग गर्दै सुन्दरीघाटस्थित केन्द्रिय स्टोरमा रहेका बेला बाग्मती खोलाले स्टोर बगाएरको बहानामा त्यहाँको भौतिक सम्पती आर्जन गरेका थिए।


त्यसपछि लगातार स्टोर र खरिद प्रमुख हुर्दै आएका साउदले कमाउने ठाउँ नपाएमा सिइओलाई समेत हातपात गर्न र धाक धम्की दिने गरेको कर्मचारीहरु बताउँछन्।


साउदले जवलाखेलस्थित खरिद प्रमुख हुदाँ समेत केयूकेएलका पुराना पाइप र फिटिङ सामान ठेकेदारलाई बेचेर अबैध धन आर्जन गरेका थिए। उनले आफ्नो कर्तुत लुकाउन उमा उप्रेतीलाई स्टोर प्रमुख बनाएर आफु महांकाल चौरको खरिद र प्रशासन प्रमुख भएका छन्। उमालाई जाउलाखेलबाट त्रिपुश्वर सरुवा गरेपछि साउद र केयूकेएलका प्रमुख कार्यकारी अधिकृतबीच सम्बन्धमा चिसिएको थियो। सोही घटनालाई इगो साँधेर साउदले आफुसहित पाँच वटा युनियनलाई अनेक प्रलोभनमा पारेर आन्दोलनको नाटक गरिरहेको बुझिएको छ।


खानेपानी जस्तो संबेदनशिल क्षेत्रमा आन्दोनल, हडताल जस्ता गतिविधिलाई राज्यले निषेध गर्दा पनि साउदले आफ्नो कमजोरी ढाकाछोप गर्न आन्दोलनको नाकट गरेको कर्मचारीहरुको गुनासो छ।

भ्रष्टाचारको कर्म छोप्न केयूकेएलमा निष्ठाको युनियन चलाउनेलाई गोलमोटोल पारेर उनले केही अनलाइन पत्रिकाका सम्पादकलाई धम्क्याएका थिए। युनियनको आन्दोलनको रिपोटिङ गर्न पुगेका नेपाली जनता अनलाइन पत्रिकाका सम्पादक यज्ञ ढकालमाथि आक्रमण समेत गरेका थिए।
उनकाविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी समेत गर्दा भएको बुझिएको छ। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समेत साउदलाई कारबाही गर्न माग गरेको छ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०७८ आश्विन ११, १८: ४४

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ आश्विन ११, १८: ४४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
  • २०७८ आश्विन ११, १८: ४४

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।...