संसद अधिवेशनको बेला अध्यादेश खारेज गर्नु असंवैधानिक र गैरकानूनीः ओली – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

संसद अधिवेशनको बेला अध्यादेश खारेज गर्नु असंवैधानिक र गैरकानूनीः ओली


काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसदको अधिवेशन चालु रहेको बेला संसदमा रहेका विधेयकलाई वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी भइसकेको अध्यादेश खारेज गर्नु असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित भएको दाबी गरेका छन्।


प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट समसामयिक राजनीतिक विषयमा छलफल गर्न ओली निवास भक्तपुर बालकोट पुगेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा राजनीतिक दल सम्वन्धी अध्यादेश संसदमा निर्णयार्थ पेश नगरी खारेज गर्नु दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित रहेको बताएका हुन्।

मन्त्री कार्कीसँग कुरा गर्दै ओलीले उनीमार्फत प्रधानमन्त्री देउवालाई पठाएको सन्देशमा सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश सोमबार फिर्ता गरेको सूचना जारी हुनु बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको धारणा व्यक्त गरेका हुन्।

संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार भेटमा ओलीले चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलविरुद्धको षडयन्त्र थियो भन्दै अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्थामा कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को भएको बताएका थिजए।

संसद चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने आफ्नो दृष्टिकोण राख्दै ओलीले संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र राष्ट्रपतिबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने दाबी गरे।

ओलीले कानुन मन्त्री कार्कीसँगको भेटमा सरकारको पछिल्ला गतिविधिबाट आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएका थिए।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन १२, १३: ४९

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ आश्विन १२, १३: ४९

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ आश्विन १२, १३: ४९

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...