रुपन्देहीमा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

रुपन्देहीमा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु


बुटबल । रुपन्देही जिल्लाको पूर्व–पश्चिम लोकमार्गस्थित सैनामैना नगरपालिका–५ मा मंगलबार बिहान ट्रकको ठक्करबाट पैदल हिँडिरहेका आमा र छोराको मृत्यु भएको छ।


इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षे महेश भट्टराई छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्वरको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो।


ट्रको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ आश्विन १२, १५: ११

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ आश्विन १२, १५: ११

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ आश्विन १२, १५: ११

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...