नेकपा एसबाट सरकारको नेतृत्व खतिवडाले लिनेः झाँक्री पनि मन्त्री – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

नेकपा एसबाट सरकारको नेतृत्व खतिवडाले लिनेः झाँक्री पनि मन्त्री


काठमाडौ । सरकारले राजनीतिक दल सम्वन्धी अध्यादेश सोमबार फिर्ता लिएसँगै अढाई महिना अघि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का ६ जना मन्त्री हुने भएका छन्। नेकपा एसबाट सरकारमा नेतृत्व भने विरोध खतिवडाले गर्ने पक्कापक्की भएको छ।


संसदीय राजनीतिमा खारिएका र अनुभवी खतिवडालाई नेकपा एसको सचिवालय बैठकले कुनै पनि पदाधिकारी नदिएकोमा धेरैले आश्यचर्यको रुपमा लिएका थिए। मकवानपुरको क्षेत्र नम्वर २बाट संघीय संसदको निर्वाचनमा बिजयी खतिवडालाई अध्यक्ष माधवकुमार नेपालले धेरै विश्वास र भरोसा गरेर जिम्मेवारी दिएको स्रोतले बतायो।


स्रोतका अनुसार नेकपा समाजबादीबाट पाँच मन्त्री र एक जना राज्यमन्त्री हुन सक्ने सम्भावना छ। मन्त्रीपरिषद्मा जाने नेकपा एसका कुन सांसदले कुन मन्त्रालयले पाउने भन्ने विषय टुंगो लागेको छैन। नेता नेपालले प्रधानमन्त्री देउवालाई नेकपा एसबाट मन्त्री हुनेको नाम बुझाइ सकेका छन्।


अध्यक्ष नेपालले सांसदहरु खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेका हुन्। चौधरी दाङबाट, आले डोटीबाट, श्रेष्ठ काठमाडौंबाट र खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन भने युवा नेतृ झाँक्री गुल्मीबाट समानुपातिक प्रतिनिधित्व गर्दै संघीय संसदको सदस्य भएकी हुन्।

त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि ‘एडजस्ट’ गर्नुपर्ने भन्दै नेता नेपालले सात मन्त्री मागेको बुझिएको छ । एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएका छन् ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन १२, १५: ४८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन १२, १५: ४८

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन १२, १५: ४८

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...