काभ्रेको स्थानीय तहमा केन्द्रीय सदस्य हुमागाईं पक्ष बलियो, आचार्य कमजोर – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

काभ्रेको स्थानीय तहमा केन्द्रीय सदस्य हुमागाईं पक्ष बलियो, आचार्य कमजोर


काभ्रे । नेपाली कांग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको १३ मध्ये १२ वटा स्थानीय तहका गाउँपालिका र नगरपालिकामा भएको अधिवेशनबाट पार्टी केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ पक्षधरले बर्चश्व देखाएको छ।


पार्टीका केन्द्रीय सदस्य तथा काभ्रेका पूर्वजिल्ला सभापति हुमागाईंले बहालवाला सभापति एवम् पार्टी नेता रामचन्द्र पौडेलका विश्वास पात्र मधु आचार्य निकटको समूलाई कमजोर बनाई दिएका छन्। काभ्रेमा फेरि आचार्यको संगठन कमजोर भएको छ भने हुमागाईं बहुमतसहित शक्तिशाली बनेका छन्।


१२ वटा स्थानीय तहको अधिवेशनमा नेता हुमागाइँको समूहबाट पनौती नगर सभापतिमा रामशरण भण्डारी, नमोबुद्ध नगर सभापतिमा कुन्साङ लामा र भुम्लु गाउँपालिकाको सभापतिमा दावा लामा सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, रोशी गाउँपालिकाको सभापतिमा दूधराज लामा र चौरीदेराली गाउँपालिका सभापतिमा शेरबहादुर तामाङ सर्बसम्मत निर्वाचित भएका छन्।


मधु आचार्य प्यानलबाट भने पाँचखाल नगर सभापतिमा सञ्जय तामाङ र खानीखोला गाउँपालिका सभापतिमा दोर्जे जिम्बा मात्रै निर्विरोध निर्वाचित भएका छन्।

बेथानचोक गाउँपालिका सभापतिमा आचार्य समूहका मछिन्द्रकुमार लामालाई हुमागाइँ समूहका प्रेमबहादुर तिमिल्सिनाले हराए। तेमाल गाउँपालिका सभापतिमा आचार्य समूहका हेमलाल लामालाई हराउँदै हुमागाइँ समूहबाट ज्ञानबहादुर लामा विजयी भएका हुन्। ज्ञानबहादुरले १४४ मत पाएर विजयी भए भने हेमलालले १४ मत मात्रै प्राप्त गरे।

धुलिखेल नगरपालिकामा पनि हुमागाइँ समूहबाट बिदुरबहादुर बस्नेत नगर सभापतिमा निर्वाचित भए। यहाँ आचार्य समूहका मञ्जुकुमार कोजु पराजित भएका छन्। धुलिखेलमा बस्नेत १२२ मत पाउँदा कोजुले ८५ मत प्राप्त प्राप्त गतेका थिए भने ८ मत बदर भएको थियो।

बनेपा नगरपालिकामा एकमतको अन्तरले हुमागाइँ समूहका महेशकुमार कर्माचार्य विजयी भएका छन्। आचार्य समूहका शान्तिरत्न शाक्य पराजित भएका छन्।

महाभारत गाउँपालिकामा अधिवेशन स्थगित गरिएको छ। मतदान अधिकृतले अर्को सूचना जारी नहुँदासम्म निर्वाचन स्थगित गरिएको बताएका छन्।

काभ्रेको भुम्लु गाउँपालिका सभापतिमा निर्वाचित दावा लामालाई प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पहिले खोजी गरेको थियो र हालपनि उच्च निगरानीमा राखेको छ। दाबालाई कांग्रेसका पूर्वसांसद तीर्थ लामाको समर्थन र साथ रहेको बताइन्छ। उनलाई जुवाडे र डनको आरोप लाग्दै आएको छ।

दाबा लामा कांग्रेसको राजनीतिमा सुध्रिएर आएका हुन भन्ने हुमागाइँ समूहका नेताको दाबी छ भने आचार्य समूहका नेताले आफ्नो विगतको गतिविधिमा संलग्न हुँदे सुरक्षित हुन राजनीतिमा आएको दाबी गर्छन्। तीर्थ लामाले हुमागार्इँलाई काभ्रेमा साथ दिएको छ। हुमागाइँ पार्टीमा नेता कृष्णप्रसाद सिटौला पक्षमा छन्।

कांग्रेसको राजनीतिमा सक्रिय सहभागी भएर सुरक्षित बन्न डन र विभिन्न आपराधिक कृयाकलापमा प्रहरीले खोजी रहेको सगुन श्रेष्ठ सिन्धुपाल्चोकका जुगल गाउँपालिकामा कांग्रेसको तर्फबाट गाउँ इकाई सभापतिमा उम्मेदवार बन्दै छन्।

उता बिराटनगरमा कांग्रेसका केही नेताकै उक्साहटमा विभिन्न आराधिक कृयाकलापमा संलग्न सिजल गुरुङ कांग्रेसको राजनीतिमा सकृयता देखाएर सुरक्षित बन्न खोज्दैछन्।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन १२, १६: २४

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ आश्विन १२, १६: २४

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ आश्विन १२, १६: २४

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...