
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठन भएको अढाई महिनापछि आफू नेतृत्वको सरकारलाई पूर्णता दिन कांग्रेसबाट चार जनालाई मन्त्री बनाउने भएका छन्।
यसअघि देउवाले आफू प्रधानमन्त्री भएकै दिन असार २९ गते पार्टी केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्कीलाई सोही दिन, साउन १० गते उमेश श्रेष्ठलाई राज्यमन्त्री र असोज ६ गते मन्त्री भएका थिए। सत्तारुढ गठबन्धनका मुख्य ४ दलवीच ६–६ जना मन्त्री बनाउने सहमति भए पनि कांग्रेसले भने ७ वटा मन्त्रालय लिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफ्नो संस्थापन समूहबाट संघीय संसदकी सचेतक पुष्पा भुषाललाई मन्त्री बनाउने पक्का भएको छ।
पार्टी नेता रामचन्द्र पौडेलको सिफारिसमा डा. मिनेन्द्रप्रसाद रिजाल र दिलेन्द्रप्रसाद बढु र कृष्णप्रसाद सिटौलाको सिफारिसमा उमाकान्त चौधरीलाई मन्त्री बनाउने भएका छन्। डा. रिजाललाई पार्टी महामन्त्री डा. शशांक कोइरालाको पनि समर्थन रहेको बुझिएको छ।
सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीलाई ६–६ वटा मन्त्रालय र माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजबादीलाई पाँच वटा मात्र मन्त्रालय दिने नयाँ सहमति बनेको बुझिएको छ।
यता नेता रामचन्द्र पौडेल पक्षले आफूहरुलाई ६०–४० भाग पनि नदिएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका छन्। उनीहरुले कम्ती ३ जनालाई आफ्नो पक्षबाट सरकारमा पठाउनु पर्ने माग गर्दै आएका छन्। सभापति देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त डा. नारायण खड्कालाई कुनै गुटको नेता नभनी नियुक्ति गरेको दाबी गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...