दुई सातापछि उक्लियो शेयर बजार – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

दुई सातापछि उक्लियो शेयर बजार


काठमाडौं । दुई सातासम्म ओरालो लय पक्रिएको शेयर बजारको परिसूचन बुधबार ५० अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ५०.५८ अंकले बढेर २६ सय ६५.९३को विन्दुमा पुगेको हो।


मंगलबार परिसूचक ७०.०१ अंकले घटेर २६ सय १५.४०को विन्दुमा झरेको थियो । आज सबैजसो उपसमूहको शेयरमा हरियाली छाएको छ। बुधबार सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ४.८७ प्रतिशतले वृद्धि भएको छ। मंगलबार सोही समूह उपसूचक सबैभन्दा बढी ७.३७ प्रतिशतले ओरालो लागेको थियो।


बुधबार हाइड्रोपावर समूह ४.२२ प्रतिशतले, विकास बैंक समुह ३.१८ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको २.३२ प्रतिशतले वृद्धि भएको छ। यस दिन सबैभन्दा बढी कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अपीपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन्। दुबै कम्पनीको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको थियो।


सबैभन्दा बढी गुमाउनेमा मेगा बैंक लिमिटेडका लगानीकर्ता रहेका छन। मेगा बैंकका सेयरधनीहरूले आज ३.९२ प्रतिशतले गुमाएका छन्। आज कारोबार रकम भने ५ अर्बमा सीमित भएको छ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन १३, १६: ४०

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन १३, १६: ४०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन १३, १६: ४०

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...