
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा चलिरहेको छ। सर्वदलिय बैठकमा संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट कुनै पनि नेताहरु सहभागी भएनन्। एमालेले भने आजको बैठकमा भाग नलिने भन्दै बैठक बहिस्कारको निर्णय गरेको छ। राप्रपाले भने केही जनाएको छैन।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन्।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउनेसहित समसामयिक राजनीतिक विषयमा छलफल भईरहेको स्रोतले जनायो।
प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले कारबाहीमा परेका आफ्ना सांसदलाई सांसद सदस्यबाट नहटाएको भन्दै बिरोध जनाउँदै आएको छ। असन्तुष्ट एमालेले संसदको चालु अधिवेशनका हरेक बैठकमा बिरोध जनाउँदै रोष्टम घेर्दै आइरहेको छ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...