
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनु भएको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ।
सर्वदलिय बैठकमा एमाले सहभागी नभएपछि बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलका प्रतिनिधिहरु उपस्थित भए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट कोही पनि उपस्थित भएनन्।
‘नेकपा एमालेका सांसदहरुले संसद बैठकलाई अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त योभन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो। यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ।’
बैठकमा प्रधानमन्त्री देउवाले एमाले अनुपस्थित भएपनि फेरिफेरिका बैठकमा उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए । ‘फेरि फेरि पनि म उहाँहरुलाई आमन्त्रण गर्छु, उहाँहरु आउनुहुनेछ र आफ्नो कुराहरु राख्नुहुनेछ’, देउवाको भनाइ उदृत गर्दै कार्कीले पत्रकारहरुसँग भने।
सर्वदलिय बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आाग्रह गरेको छ। नेकपा एमालेको संघीय संसदको बैठकमा लगातार अबरोध गर्दै आएको छ।
प्रतिनिधिसभा संसदमा ३३ वटा र राष्ट्रियसभामा पेश भएका २७ वटा विधेयक अलपत्र भए पनि प्रक्रियाका लागि अघि बढ्न सकेका छैनन्।
भिडियाे…
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...