महन्थको लोकतान्त्रिक समाजबादी पार्टी छाडे कार्यकारिणी सदस्य लेखीले – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

महन्थको लोकतान्त्रिक समाजबादी पार्टी छाडे कार्यकारिणी सदस्य लेखीले


काठमाडौं। जनता समाजबादी पार्टीबाट अलग भइ गत भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारणी समितिका सदस्य राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन्।


लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष बिहीबार बिहान लेखीले पद त्याग गरेको घोषणसहितको पत्र बुझाएका हुन्। नेता लेखीले नयाँ राजनीतिक यात्राको थालनी गर्न लोसपाको कार्यकारणी समितिको सदस्यबाट राजीनामा दिएको बताएका छन्।


पार्टीको सबै पदबाट राजिनामा दिएका लेखि २०६३मा तत्कालिन नेकपा एमाले परित्याग गरी नवसमाजबादी पार्टी खोलेका थिए। पछि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी नेपालसँग एकिकरण भएसँगै उनी सो पार्टीको उपाध्यक्ष भएका थिए। लेखि आदिबासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन्।


नयाँ पार्टी भन्ने र पुराना पार्टीको आलोचना मात्रै गर्ने परम्परा हाबी भएको भन्दै उनले यसरी हुँदैन, वैकल्पिक शक्ति बनाउनुपर्छ भन्दै आएको र वैकल्पिक शक्ति बनाउने प्रयास असफल भएपछि आफूले लोसपा छाडेको बताएका छन्।


नयाँ पार्टीहरु पुराना पार्टीभन्दा गएगुज्रिएको बनेको भन्दै अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेमध्ये कुनै एक पार्टीको राजीनतिमा संलग्न हुने उनले बताएका छन्। लेखी एमाले प्रवेश गरी सप्तरी क्षेत्र नं १ बाट राजनीतिक गर्ने योजनामा रहेका् स्रोतले बतायो।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन १४, १३: ०३

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ आश्विन १४, १३: ०३

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ आश्विन १४, १३: ०३

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...