
काठमाडौ। प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा प्रतिनिधिसभाका पेश भएको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि आग्रह गरेका थिए।
एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुख सापकोटाको अनुमतिले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गरेका थिए। मन्त्री कार्कीले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक असोज १९ गतेसम्मका लागि स्थगित भएको छ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...