बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउने देउवाको प्रस्तावप्रति शेखरको आपत्ति – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउने देउवाको प्रस्तावप्रति शेखरको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिना आफ्नो पार्टीको बागमति प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियँँलाई मुख्यमन्त्री बनाउन माधवकुमार नेपालसँग गरेको प्रस्तावप्रति आपत्ति जनाएका छन्।


कोइरालाले कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य रहेको बताए।


महाधिवेशनलाई लक्षित गरी वागमतीमा अढाइ महिना मुख्यमन्त्री इन्द्र बानियाँलाई बनाउनुपर्यो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका थिए।


दाहालले अढाइ महिना मुख्यमन्त्री बनाउन सहमत्ति जनाएपनि नेपालले भने पार्टीभित्र छलफल नगरी केही बताउन नसकिने जवाफ दिएका थिए। वागमती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुुख्यमन्त्री छन्। उनले असोज २२ गते विश्वासको मत लिने तयारी गरिरहँदा यस्तो कुरा बाहिरिएको हो।


सामाजिक सञ्जाल फेसवुकमा कोइरालाले यस्ता क्रियाकलापले पार्टी कमजोर हुने भन्दै ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु।’


यसअघि नेता डा. कोइरालाले सभापति देउवालाई बागमति प्रदेशको सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्ने विषयमा छलफल गरिरहँदा प्रदेश १ को सरकार बनाउने विषयमा किन ध्यान नदिएको होला भनी प्रश्न गरेका छन्।विहीबार विहान कान्तिपुर एफएमको कार्यक्रम हेडलाईनर्समा बोल्दै कोइरालाले प्रदेश सरकारको नेतृत्व लिने भए अढाई महिना नभएर पुरै कार्यकाल नेतृत्व लिनु पर्ने धारणा राखे।


प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनको बहुमत छ। माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ। १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन्।


नेकपा एमाले विभाजनसँगै १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। ७ वटा प्रदेश सरकारमध्ये दुई वटा प्रदेश १ र बागमतीको मुख्यमन्त्री आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ। प्रदेश १ सरकारको नेतृत्व मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने निश्चित जस्तै छ।


बागमतीमा भने कांग्रेसले अढाइ महिना सरकारको नेतृत्व आफ्नो दललाई दिन प्रस्ताव गरेपछि यसले बहस सिर्जना गरेको छ। बागमतीमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ छन्। उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निकट हुन्। देउवाले महाधिवेशनअघि बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहेका छन्।


नेता डा. कोइरालाले भने प्रदेश १को नेतृत्व कांग्रेसले लिनु पर्ने माग गरेका छन्। प्रदेश १मा कांग्रेस संसदीय दलका नेता राजिप कोइराला हुन्, जो नेता डा. शेखर कोइराला निकट हुन्।

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ आश्विन १४, १४: ५३

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ आश्विन १४, १४: ५३

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन १४, १४: ५३

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...