निर्देशक सुब्बाको चलचित्र ‘थेत्लङ्’को अमेरिकामा हुने प्रदर्शनीको मिति डेढ महिना सर्यो – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

निर्देशक सुब्बाको चलचित्र ‘थेत्लङ्’को अमेरिकामा हुने प्रदर्शनीको मिति डेढ महिना सर्यो


काठमाडौं । किशोर सुब्बाद्वारा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शनको मिति केही पछि सरेको छ। आगामी अक्टोवर २ अर्थात असोज १६ गते शनिबार ज्वाक्सन हाइट न्यूयोर्कमा हुने भनिएको सो चलचित्रको प्रदर्शनी आगामी १४ नोभेम्बर अर्थात कात्तिक २८ गते दिनको ४ः३० बजे ग्यालजुङ्ग हलमा हुने भएको हो।


किराँत याक्थुङ चुम्लुङ् अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्यूयोर्क स्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनिएको सो प्रदर्शन स्थगित भएको हो।

सो चलचित्र हेर्नको लागि टिकट समेत विक्री, वितरण गरिसकेको भएपनि नेपालीहरुको महान चाड विजया दशमी र तिहारको तयारीसंगै सबैजना व्यस्त हुने र दशै, तिहार मनाउन अधिकाँश नेपाल जाने लगायतका विभिन्न कार्यक्रम हुने भएकोले हाललाई विशेष प्रदर्शन रोक्नु परेको निर्देशक सुब्बाले जानकारी गराए।

उनकाअनुसार तिहार सक्किए लगत्तै चलचित्र प्रदर्शन हुने र दशंै, तिहार भरी चलचित्रको प्रचार, प्रसार र टिकटहरु धेरै भन्दा धेरै दर्शक माझ पुराउने र प्रयाप्त मात्रामा दर्शक शुभचिन्तकहरुको सहभागिता गराउने उदेश्य आयोजक पक्षले लिएको जनाइएको छ।

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंड्, सुखविर लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् भने निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन्।

ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ। चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन र मोनिको छ भने छायाङ्कन हेमन्त योञ्जन, सम्पादन सुमन, कथा देउमान होन्दोक लिम्बु र पटकथा, सम्वाद सागर केरुङको रहेको छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन १४, १७: २३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ आश्विन १४, १७: २३

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ आश्विन १४, १७: २३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...