
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको आजबाट शुरु प्रथम विधान महाधिवेशनले पाँच उपाध्यक्षको व्यवस्था गर्ने भएको छ।
विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दै महासचिव १ र सचिव ६ पद राख्ने प्रस्ताव गरेका हुन्। शुरुमा अध्यक्ष केपी शर्मा ओलीले तीन उपाध्यक्ष राख्ने प्रस्ताव गरेका थिए। प्रस्तावमा उपमहासचिव पद भने खारेज गरिएको छ।
केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा तीन उपाध्यक्ष र सात सचिवको प्रस्ताव राखेका थिए। तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने सहमति बमोजिम यस्तो प्रस्ताव आएको थियो।
अहिले एमालेमा २ जना विष्णु पौडेल र घनश्याम भुषाल उपमहासचिव छन्। अहिले एमालेमा पाँच जना सचिव छन्। त्यसमा एक थप गरिएको छ। केन्द्रीय पदाधिकारी समेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ।
प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्न संशोधन प्रस्तावमा राखिएको छ। एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...