पूर्वमन्त्री थकाली कांग्रेस मुस्ताङको सभापतिमा निर्विरोधः यी हुन प्रदेश र महाधिवेशन प्रतिनिधि – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

पूर्वमन्त्री थकाली कांग्रेस मुस्ताङको सभापतिमा निर्विरोधः यी हुन प्रदेश र महाधिवेशन प्रतिनिधि


काठमाडौं । नेपाली कांग्रेसको १४औ) महाधिवेशन अन्तरगत भएको वडा, गाउँपालिका, प्रदेश क्षेत्रिय र जिल्ला अधिवेशनबाट सबै पदाधिकारी, सदस्य र प्रतिनिधिहरु सर्वसम्मतले निर्वाचित गर्ने पहिलो जिल्ला भएको छ, पूर्वमन्त्री रोमी गौचन थकालीको गृह जिल्ला मुस्ताङ।


हिमालपारीको जिल्ला मुस्ताङबाट उनै थकाली जिल्लाको सभापतिमा सर्वसम्मतले निर्वाचित भएका छन्। २०५६सालको आमनिर्वाचनमा मुस्ताङबाट निर्वाचित थकाली २०६४को संविधानसभा निर्वाचनमा झिनो मतले पराजय भए पनि २०७०को निर्वाचन पुनः निर्वाचित भएका थिए।

२०५६मा प्रतिनिधिसभाको सांसद बनेपछि थकाली परराष्ट्र सहायक मन्त्री बनेका थिए भने २०७०को संविधानसभा निर्वाचन पछि वाणिज्यमन्त्री भएर आफ्नो जिम्मेवारी कुसलतापूर्वक सम्पन्न गरिसकेका छन्। उनै थकाली कांग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएको खबरले कांग्रेसजनमा सनसनी मच्चाएको छ।

अधिबेशनबाट थकालीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सदस्य चयन भएको हो। उपाध्यक्षमा बिजय हिराचन र ढोका गुरुङ, सचिवमा बिकल शेरचन र छेवङ न्हुर्बु गुरुङ, सह–सचिवमा नम्डुल गुरुङ र सोमल हिराचन सर्वसम्मतिले निर्वाचित भएका छन्।

जिल्ला कार्य समिति सदस्यमा तेन्जिङ गुरुङ, शान्ति गुरुङ, शर्मिला थकाली, गणेश शेरचन, न्हिचुङ गुरुङ, रिन्जिन धोर्जे बिष्ट, पन्चमाया तामाङ, योगेश गौचन थकाली, ढाक्पा गुरुङ, कारसाङ छेप्टेन गुरुङ, पवन तुलाचन, ॐअकार नेपाली, सुरेन्द्र थकाली, राजुप्रसाद लालचन, केशु पुर्जा र हिमा पुर्जा सर्वसम्मतिले निर्वाचित भए।

यी हुन केन्द्रीय महाधिवेशन प्रतिनिधि

मुस्ताङ एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला भएकाले यहाँ क्षेत्रिय अधिवेशन गरिरहनु पर्दैन। त्यसैले जिल्ला अधिवेशनबाटै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु पनि चयन भएका छन्,

जसअनुसार सभापति थकालीसहित सुवर्ण बिष्ट, यान्जिङ बिष्ट, सनत कुमार बिष्ट, छिरुङ धावा गुरुङ, फेन्चोक छेप्टेन गुरुङ, पेमा आङ्या बिष्ट, शान्ति गुरुङ, एनि गुरुङ, राजेन्द्र शेरचन, कौशिला शेरचन, विष्णु शेरचन, सुजिता शेरचन, विजय हिराचन, योगेश गौचन थकाली, हरि नेपाली, विश्वास तुलाचन, विवेक पुन, टिना गौचन, छिरिङ नाम्गेक गुरुङ, नवीन शेरचन, एर्वेज गर्बुजा, नरेन्द्र शेरचन, नवीन शेरचन र गणेश शेरचन सर्वसम्मतिले निर्वाचित भएका छन्।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘ख’ अन्तर्गत सभापतिमा न्हुर्बु गुरुङ, उप सभापतिमा योगेश शेरचन र चन्द्र गुरुङ, सचिवमा सोमल हिराचन र उर्गीन गुरुङ, सहसचिवमा तेन्जिङ थकाली र छेप्टेन गुरुङ निर्वाचित भएका छन्।

प्रदेश सभा क्षेत्रीय कार्य समिति ‘क’ अन्तर्गत सभापतिमा टसि गुरुङ, उपसभापतिमा पल्वर बिष्ट र धोर्जे छेप्टेन गुरुङ, सचिवमा पेमा वाङ्यल गुरुङ र निमा ढिले, सहसचिवमा ढिले गुरुङ लामा र रोशन गुरुङ निर्वाचित भएका छन्। प्रदेश क्षेत्रिय कार्यसमिति सदस्यहरुमा टसि वाङ्मो, पेमा डोल्मा बिष्ट, छेची वाङ्मो, ढाक्या गुरुङ, छेवाङ झिक्मी बिष्ट, न्होर्बु गुरुङ, झिक्मी डाण्डु गुरुङ, आम्ची घ्याचो बिष्ट, डान्डु गुरुङ, आङ्ग्याल गुरुङ, न्हर्बु लोवा, पासाङ वाङ्दी गुरुङ, सम्देन दवा गुरुङ, टसि लान्डु गुरुङ, कुङ्गा गुरुङ र घम्छे भुटी गुरुङ सर्वसम्मतिले निर्वाचित भएका छन्।

प्रदेश सभा प्रतिनिधिमा पल्गेन गुरुङ, पल्साङ थामो गुरुङ, पुस्पा शेरचन, प्रमिला तुलाचन, हेमा गर्बुजा, घ्युर्मी गुरुङ, बिनोद तुलाचन, सहोक शेरचन, सुरज गौचन, शुरेश शेरचन, नाम्ग्या वोन्दी गुरुङ, नवीन कुमार गुरुङ, रबिन्द्र गौचन, बिनोद थकाली, आसबहादुर थकाली र दुर्गा बिक सर्वसम्मतिले निर्वाचित भएका छन्।

महासमिति सदस्यमा रोमि गौचन थकाली, सुवर्ण कुमार बिष्ट, योगेश गौचन, यान्जिङ बिष्ट, टिना गौचन, छिरिङ धावा गुरुङ, बिजय हिराचन, हरि नेपाली, बिष्णु शेरचन, सनत कुमार बिष्ट र राजेन्द्र शेरचन सर्वसम्मतिले निर्वाचित भएका छन्।


महासमिति सदस्यमा निर्वाचित सुवर्णकुमार विष्ट लोमानथाङ गाउँपालिका प्रमुख तथा पार्टीका पूर्वजिल्ला सभापति हुन भने यान्जिङ विष्ट पार्टीको जिल्ला कार्यसमितिको निवर्तमान सभापति हुन्। निर्वाचित सभापति थकालीले विजयी भएपछि हिजोदेखि आजसम्म पनि जिल्लाकै बिकासको लागि आफूले दिलो ज्यान दिएको भन्दै भविष्यमा पनि जिल्लाको विकास र मुस्ताङबासी जनताहरुको लागि नै सोचेर अघि बढ्ने बताए।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन १७, १२: ५१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन १७, १२: ५१

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ आश्विन १७, १२: ५१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...