
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरतग काठमाडौं जिल्लाको नागार्जुन नगरअधिवेशनले दुर्गाप्रसाद गौतमको अध्यक्षतामा ५६ सदस्यीय नगरकार्य समिति गठन गरेको छ। शनिबार भएको अधिवशेनमा गौतमले प्रतिष्पर्धी अच्युत पाण्डेलाई पराजित गरेका थिए। सभापितमा निर्वाचित गाैतम नेता प्रकाशमान सिंहनिकट नेता हुन्।

अधिवेशनले नगर कार्यसमिति सदस्य ४९ जनाको सर्वसम्मतले चयन गरेको छ भने नगर कार्यसमितिको उपसभापतिमा नमराज पुरी र लेखनाथ काफ्ले, सचिवमा कृष्णप्रसाद दाहाल र रविन श्रेष्ठलाई सर्वसम्मतले निर्वाचित भएका छन्।

सहसचिवमा भने अमृत लामिछाने र सविन गौतम निर्वाचित भएका छन्। सहसचिवका उम्मेदवार नेविसंघ पूर्वकेन्द्रीय सदस्य अनिल खनालसहित भगवानबहादुर कार्की र हरिहर कार्की पराजित भएका छन्।

नगरकार्य समिति सदस्यमा सर्वसम्मतले विजयी हुनेहरुमा भवानी थापामागर, टेकप्रसाद दाहाल, पुरुषोत्तम तामाङ, सुदिप राना मगर, शंकर तामाङ, दिपेन्द्र सिंखडा, सविना लामा, त्रिविक्रम मल्ल, अर्जुन ढुंगेल, शिवहरी पन्त, सुरेश गोतामे, नविनकुमार लामा र श्यामकृष्ण श्रेष्ठ छन्।

यस्तै डिलबहादुर खत्री क्षेत्री, ज्ञानमायाँ नगरकोटी, भुपालमान कर्माचार्य, बिक्रम शाही ठकुरी, अम्विका कँडेल, राजकमार लोहनी, राजुप्रसाद कोइराला, सुवास केसी, प्रतिमा बसेल, भिष्म केसी, माइला भुजेल, राजु बसेल, दिवाकर बास्कोटा, विनोदराज गिरी, मधु ढुंगाना, बलराम तामाङ, सम्झना तामाङ, पूर्णबहादुर लामा र ज्योति गिरी नगर कार्यसमिति सदस्य चयन भएका छन्।

यस्तै, हरिशरण गिरी, माधव गौतम, पुष्कर दाहाल, उद्दवबहादुर कार्की, प्रकाश भट्टारई, झलक तामाङ, सविता तामाङ, नहकुल भट्टराई, डा.नरेन्द्रकुमार श्रेष्ठ, हरिकृष्ण ज्योति, जेनिस लम्साल अर्याल, गोविन्दबहादुर थापा मगर, विजयराज अधिकारी, रत्नकुमारी बानियाँ, सुभाष थापा, सरिता श्रेष्ठ र सीता भुषाल नगर सखदस्यमा सर्वसम्मतले निर्वाचित भएको निर्वाचित समितिले जनाएको छ।








काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...