मोरङका १७ स्थानीय तहमा २ संस्थापन पक्षः १५ तहमा सिटौला र शेखर पक्षका विजयी – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

मोरङका १७ स्थानीय तहमा २ संस्थापन पक्षः १५ तहमा सिटौला र शेखर पक्षका विजयी


विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ स्थानीय तहमध्ये १५ स्थानीय तहको नेतृत्व संस्थापनइतर पक्षले पाएको छ। दुई स्थानीय हतको नेतृत्व भने देउवा पक्षले लिएको छ। १५ वटा स्थानीय तहको अधिवेशनबाट सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता डा. शेखर कोइराला पक्षधरका नेता सभापतिमा बिजयी भएका छन्।


मुलुकको दोश्रो धेरै ६७ वटा निर्वाचन क्षेत्र रहेको मोरङको बिराटनगर महानगरपालिकाको सभापति शेखर, सभापति शेरबहादुर देउवा र सिटौला पक्षका उम्मेदवारबीच प्रतिष्पर्धा भएको थियो। जहाँ शेखर निकटका उम्मेदवार दिपक चापागाईं विजयी भएका छन्।

विराटनगर महानगरपालिकाको नगर सभापतिमा विजयी चापागार्इंले २१२ मतसहित निर्वाचित हुँदा देउवा पक्षका सन्तोष न्यौपानेले १६५ मत, संस्थापनइतरकै कृष्ण कार्कीले १३३ र सिटौला पक्षका अरुण न्यौपानेले १२७ मत पाएका थिए। पराजुली पछिल्लो समय शेखरलाई छाडेर कृष्ण सिटौलासँग नजिक भएका छन् ।

मोरङका चार स्थानीय तह उर्लाबारी नगरपालिकामा सुरेन्द्र लिम्बु, रतुवामाई नगरपालिकामा पोष्टबहादुर बस्नेत, केराबारी गाउँपालिकामा प्रकाश बस्नेत र जहदा गाउँपालिकामा महेन्द्रप्रसाद मण्डल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । ती मध्ये जहदाका सभापति मण्डल देउवा पक्षका हुन्।

कानेपोखरी सभापतिमा योगेन्द्र दाहाल ७३ मत ल्याएर विजयी हुँदा देउवा पक्षका उम्मेदवार दीपक चापागाईले ७१ मत प्राप्त गरे। बेलबारी नगर सभापतिमा छत्र लिम्बु १३६ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी शम्भु भट्टराईले ९४ मत ल्याए।


लेटाङ नगरसभापतिमा दीपकचन्द्र राई ६० मतल्याएर विजयी भए। सभापतिका अर्का उम्मेदवार देवराज चाम्लिङले ५६ र कुबेर पौडेलले ४१ मत ल्याएका थिए। पथरीशनिश्चरे नगर अधिवेशनबाट मा रुपनारायण भट्टराई ८२ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी लोकनाथ खरेलले ५८ मत ल्याए।


सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह १०५ मत ल्याएर विजयी भए । प्रतिष्पर्धी महेश्वर राजवंशीले ८९ र बैजनाथ झाले ८ मतमा चित्त बुझाए। रंगेली नगरपालिकाको सभापतिमा जगरनाथ मण्डल १०६ मत ल्यार विजयी भए । उनका निकटतम प्रतिष्पर्धी जितनारायण खवासले १०४ मत ल्याए।


सुन्दरहरैचा नगरपालिका सभापतिमा भक्ति सिटौला १६९ मत ल्याएर विजयी भए। उनका प्रतिष्पर्धी महेन्द्र धिमालले ६७ मत मात्र ल्याए। कटहरी गाउँपालिका सभापतिमा गाउँपालिका प्रमुख समेत रहेका रामकुमार कामत निर्वाचित भएका छन्। कामतले ८४ ल्याए भने हरिनारायण माझीले ४४ मत ल्याए।


मिक्लाजुङ गाउँपालिकामा बबी राई १३४ मतसहित निर्वाचित भए भने अरुणविक्रम बस्नेतले २१ मत ल्याए। ग्रामथान गाउँपालिका सभापतिमा तुलसी विश्वास निर्वाचित भएका छन्। उनले ९३ मत प्राप्त गरे। सभापतिका उम्मेद्वार भूपनारायण माझीले ७२ र नमोनारायण माझीले १७ मत ल्याए।


बुढीगंगा गाउँपालिका सभापतिमा जीतनारायण थापा निर्वाचित भएका छन्। उनले ७६ मत प्राप्त ल्याउँदा उनका प्रतिष्पर्धी रेवतीनारायण चौधरीले ५४ मत प्राप्त गरे। धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे ८३ मत ल्याएर विजयी भए उनका प्रतिष्पर्धी बासुदेव रायले ३७ मत ल्याए। निर्वाचन भएका १३ पालिकामध्ये धनपालथानमा विजयी पाण्डे मात्रै सभापति देउवा पक्षका हुन्।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन १८, १३: ५८

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ आश्विन १८, १३: ५८

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ आश्विन १८, १३: ५८

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...