यी हुन काठमाडौं कांग्रेसका नगरसभापतिहरु – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

यी हुन काठमाडौं कांग्रेसका नगरसभापतिहरु


काठमाडौं
। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमध्ये १० वटा परिणाम आएको छ। दक्षिणकाली नगरपालिकाबाहेक सबै स्थानीय तहको अधिबेशन हुँदा पार्टी संस्थापन पक्षले एउटा मात्र सिटमा चित्त बुझाएको छ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले भने दुई वटा स्थानीय तह तारकेश्वर र टोखा नगरपालिकामा आफ्नो पक्षमा पारेका छ। संस्थापन पक्षले कागेश्वरी मनहरामा चित्त बुझाउनु पर्यो।

काठमाडौं महानगरपालिकोको नगरसभापतिमा निलकाजी शाक्य भारी मत ल्याएर विजयी भएका छन्। शाक्यले ७८६ मत ल्याउँदा उनका प्रतिष्पर्धी युवा नेता प्रगतिमान रञ्जितले भने ३२९ मतमा चित्त बुझाउनु परेको थियो। शाक्यलाई सिंह र युवा नेता गगन थापाको समर्थन थियो भने रञ्जितलाई पार्टीको संस्थापन पक्ष र पार्टीको तेश्रो धार सिटौला पक्षको समर्थन थियो। नगरसभापतिमा विजयी शाक्यसहितका पदाधिकारी तथा सदस्यहरू नेता सिंहकाे निवास चाक्सीबारीमा गएर साेमबार विहान सम्मान ग्रहणा समेत गरेका छन्।


चन्द्रागिरि नगरपालिकाको शनिबार अधिवेशन भए पनि नगरपालिकाको प्रमुख समेत रहेका घनश्याम गिरी सर्बसम्मतले नगर सभापतिमा निर्वाचित भएका छन्। गिरी संस्थापनइत्तर पक्षका हुन्।


बुढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भए । उनी नेता थापा पक्षधर हुन्। नगर अधिवेशनमा सभापतिको लागि भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ मत ल्याए। सभापति पदका अर्का उम्मेदवार राजुविक्रम थापाले ४८ मतमा चित्त बुझाउनु परेको थियो। सोही समूहबाटै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भए।

कागेश्वरी मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भए। सभापति देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भए उनका प्रत्यासी मिठ्ठाराम दाहालले एक सय ३८ मत ल्याए। मिठ्ठाराम दाहाल भने सिंह निकट हुन्।

तारकेश्वरको नगर सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन्। उनी सिटौला समूहबाट उम्मेदवार बनेका थिए। सभापतिमा तीन जना उम्मेदवार रहेकोमा महर्जनले एक सय ३५ मत प्राप्त गरी विजयी भए भने सिंह समूहका उम्मेदवार श्रीराम थापाले एक सय १४ र अर्का उम्मेदवार मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए। उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भए। सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना र सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएका छन्।


टोखा नगरपालिकाको नगर सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन्। सिटौला समूहका उम्मेदवार विमलीले दीपक जोशीलाई पराजित गरेका हुन्। विमलीले एक सय १७ मत प्राप्त गरे भने जोशीले एक सय ६ मत पाए। नगर कार्यसमितिको उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी निर्वाचित भएका छन् भने सचिवमा नरेन्द्र बाँनिया र द्वारीका कुँइकेल विजयी भएका छन्।


शंखरापुर नगरपालिकाको कांग्रेस सभापतिमा दीलिपकुमार श्रेष्ठ निर्वाचित भएका छन्। नेता सिंहनिकट श्रेष्ठले संस्थापन समूहका उम्मेदवार सत्यमान लामालाई पराजित गरेका हुन्। उपसभापतिमा मिलन खड्का र अमित प्रधान विजयी भए भने सचिवमा रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भए।


गोकर्णेश्वरमा कुमार लामा नगर सभापतिमा विजयी भएका छन् । लामाले एक सय नौ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे । नगर सभापतिमा निर्वाचित लामा कांग्रेस नेता सिंह निकट हुन्। उपसभापतिमा विकास श्रेष्ठ र बटुकृष्ण ढुंगेल, सचिवमा जयराम विष्ट र रमेश रिजाल र सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन्।


शनिबार नै सम्पन्न नागार्जुन नगरअधिवशेनबाट नगर कार्यसमितिको सभापतिमा दुर्गा गौतम विजयी भएका छन्। उनले सभापति पदका प्रत्यासी अच्यूत पाण्डेलाई पराजित गरेका हुन् । गौतम र पाण्डे दुवै सिंह निकट हुन् । कीर्तिपुर नगरपालिकाको अधिवेशन भए पनि त्यहाँ सर्बसम्मतको प्रयास भएकाले सभापति लगायतका पदमा विजयी घोषणा हुन वाँकी छ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन १८, १७: ४२

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन १८, १७: ४२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन १८, १७: ४२

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...