
काठमाडौं । श्री एयरलाइन्सको जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ। नेपालगञ्जका लागि उड्न लागेको एनएएनएफ कल साइन भएको क्यु४००–८ जहाज धावनमार्गसँगै रहेको ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको हो।
जहाज धावनमार्गमा नभएका कारण अन्य उडान सञ्चालनमा भने कुनै समस्या आएन। विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो। चालक दलका चारजनासहित जहाजमा ८० जना थिए। जहाजमा कुनै क्षति भएको छैन। जहाजमा रहेको यात्रुलाई भने अर्को जहाजमार्फत नेपालगञ्ज पठाइएको छ।

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...