एनआरएनका उपाध्यक्ष केसीद्वारा अध्यक्षमा उम्मेदवारी दिने घोषणा – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

एनआरएनका उपाध्यक्ष केसीद्वारा अध्यक्षमा उम्मेदवारी दिने घोषणा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले संघको आगामी नेतृत्वको लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।


संघको १०औं महाधिवेशन तथा विश्वसम्मेलनमार्फत नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर घोषणा गरेका हुन्। ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित केसीले उम्मेद्वारीको घोषणा गरेका हुन्।


पत्रकार सम्मेलनमा संघको आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै केसीले गैरआवासीयलाई नागरिकता दिलाउने, बैदेशिक रोजगारीमा भएका समस्या समाधान गर्ने, बौद्विक वर्ग र युवालाई एनआरएनएमा आबद्ध गराउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्र्याउने जनाएका छन्।


श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, नेपाली भाषा, साहित्य र कलाको बेलीविस्तार गर्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच सम्बन्ध थप प्रगाढ बनाउन आफूले अध्यक्षमा उम्मेद्वार दिएको केसीले बताए।


यसअघि नै संघको १०औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि अमेरिकाकी रविना थापा र बेलायतका कुल आचार्यले उम्मेद्वारी दिने औपचारिक घोषणा गरिसकेका छन्।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन १९, १६: ४८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन १९, १६: ४८

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन १९, १६: ४८

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...