मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालयको बाँडफाँट प्रस्तावमा सहमतिः भोली बिस्तार हुने – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालयको बाँडफाँट प्रस्तावमा सहमतिः भोली बिस्तार हुने

फायल फाेटाे


काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनको लागि मन्त्रालयको बाँडफाँटको प्रस्ताव टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ पाँच दलका शीर्ष नेतासहितको बैठकले २१ मध्ये वाँकी १६ मन्त्रालय कुन कुन दललाई दिने भन्ने विषयमा लगभग सहमति भएको बालुवाटर स्रोतले जनायो।


प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलले १६ मन्त्रालयमा सहमति जनाएको हो। कांग्रेसले स्वास्थ्य तथा जनसंख्या, महिला वालवालिका तथा ज्येष्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संचार तथा सूचना प्रविधि मन्त्रालय कांग्रेसले लिने भएको छ।


यसअघि गृह,कानून र परराष्ट्र मन्त्रालयको नेतृत्व कांग्रेसले पाइसकेको छ भने स्वास्थ्यमा राज्यमन्त्री मात्र नियुक्त गरिएको छ। कांग्रेसको तर्फबाट बालकृष्ण खाँणले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले कानून र डा. नारायण खड्काले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।
कांग्रेसको भागमा यसअघि नै सात मन्त्रालय लिने सहमति भए पनि प्रधानमन्त्रीबाहेक मन्त्रिमण्डलमा आठ जना रहने सहमति भएको छ।


यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति भएको छ। उसले अर्थ र ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा मन्त्री पठाइसकेको छ। माओबादीले सम्भवत एक राज्यमन्त्री राख्ने बारेमा छलफल भएको छ। तर पाँच मन्त्रालय दाबी गरिरहेकाे जनता समाबादीले चार मन्त्रालयमा चित्त बुझाए पनि एक राज्यमन्त्रीकाे दाबी छाडेकाे छैन।


बालुवाटार स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ। गत असार २९ मा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए। अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र १ राज्यमन्त्री तथा माओवादी केन्द्रबाट २ मन्त्री मात्रै छन्।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ आश्विन १९, १७: ५०

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन १९, १७: ५०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन १९, १७: ५०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...