
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रबिक्रम चन्द ‘बिप्लव’ले नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग सिंहको निवास चाक्सीबारीमा गएर भेट गरेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका सिंहसँग विप्लवले भेट गर्नुलाई महत्वका साथ हेरिएको छ।
सर्वोच्च अदालतले गत साता मात्रै विप्लव समूहका सर्लाही अध्यक्षको चार वर्षअघि भएको भनिएको प्रहरीको इन्काउन्टर फेक भएकाले तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालिन आइजीपी सर्वेन्द्र खनालसहित दुई दर्जन प्रहरी अधिकृत, जनप्रतिनिधि र प्रहरी कर्मचारीलाई मुद्धा चलाउन आदेश दिएको थियो।
सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको लामिछानेले बताए।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...