
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मौजुदा मन्त्रिमण्डललाई पूर्णता दिन आजै तीन पार्टीका मन्त्रीहरुको सपथ गराउने भएका छन्। त्यसको तयारीका लागि प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छन्।
नयाँ मन्त्रीको सपथग्रहण कुन कानून अन्तरगत गराउने भन्ने बारेमा प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन्। शुक्रबार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न देउवा शीतलनिवास पुगेका थिए। सपथका सम्वन्धमा नयाँ कानुन बनिनसकेको र ओली सरकारले ल्याएको अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्र्तगत सपथ खुवाउने भन्ने कानून प्रश्न उठेको छ।
परराष्ट्रमन्त्रीका रुपमा डा.नारायण खड्कालाई सपथ गराएपछि सो विषयको बिरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। कानून स्पस्ट नहुँदा परम्परालाई नै नजिर मानेर कानुनसरह लागू हुने प्रधानमन्त्री देउवाको दाबिपछि राष्ट्रपति भण्डारी नयाँ मन्त्रीहरुलाई सपथ गराउन तयार भएकीक हुन्।
गठबन्धन भित्रकै दलहरुले मन्त्री बन्नेको सूची नबुझाएकाले प्रधानमन्त्री देउवा शीतलनिवासमा पुगेर पनि मन्त्रीको सूची नबुझाइ फर्केका थिए। थप नयाँ मन्त्रीहरुको आजै अपरान्ह ४ बजेपछि मन्त्रीको सपथ गराउने आन्तरिक तयारी भएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...