
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले देशको आवश्यक्ताअनुसार उत्साह र इमानदारिताका साथ नागरिकको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्दै नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनकारी दिए ।
मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...