
नयाँ विकल्प,
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा शनिबार आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको बताउँदै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउँदै उनले राज्यको सम्पत्तिको दुरुपयोग गर्नेलाई एक–एक छानबिन गर्ने काम गर्न आग्रह गरे ।
सो क्रममा उनले आफ्नो पार्टी लोकतान्त्रिक विधि र तरिका अवलम्बन गर्न चाहेको बताउँदै पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन आग्रह गरेका छन् ।
यदि गलत काम गरेको खण्डमा त्यहाँ नराखिने भनेर प्रस्ट पारिसकेको बताएका छन् ।
गणतन्त्रको खिसिट्युरी गरेकाले सरकार ढालेको र अझै पनि त्यस्तै व्यवहार देखाए पार्टीमा पनि समस्या उत्पन्न हुने बताउँदै कर्णाली प्रदेशमा आफू नेतृत्वको पार्टी सरकारमा सामेल भइसकेको बताए ।
अब बागमती प्रदेश र प्रदेश नं १ मा छिट्टै नै आफू नेतृत्वको पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको उनले बताए ।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...