
नयाँ विकल्प,
काठमाडौ । विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान पुगेर हमालले राजीनामा पत्र बुझाएका थिए ।
प्रधानमन्त्री देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत समेत गरिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।
‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ उनले भने, ‘कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’
राजीनामा पत्रमा उनले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । यस अघि उनको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।
उनले अस्ति शुक्रवार मात्रै पदभार ग्रहण गरेका थिए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...