प्रहरीको हिरासतमा थुनुवाको मृत्युपछि इनरुवामा झडपः एक दर्जन बढी घाइते – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

प्रहरीको हिरासतमा थुनुवाको मृत्युपछि इनरुवामा झडपः एक दर्जन बढी घाइते

हात हातमा लाठी लिएर प्रहरी कार्यालयतर्फ अघि बढेकाे भिँड।


काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएपछि स्थानीय र प्रहरीबीच भएको झडपमा परेर प्रहरी र प्रदर्शनकारी गरी एक दर्जन बढी घाईते भएका छन्।


अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा रहेको र उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ। घटनालाई लिएर मृतकका आफन्त र स्थानीयसहितको भीडले जिल्ला प्रहरी कार्यालयमाथि ढुंगामुडा गरेपछि दुवै पक्षबीच झडप भएको थियो।


झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ। लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन्।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताएका छन्। अहिले प्रहरी कार्यालय परिसर, इनरुवा बजार र पूर्व–पश्चिम लोकमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


मृतकका परिवारका पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीतिक पूर्वाग्रहको आधारमा केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ आश्विन २४, १५: ११

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ आश्विन २४, १५: ११

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ आश्विन २४, १५: ११

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...