बुटबलमा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा गोली लागेर २ घाईत – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper
मोतिपुर औद्योगित क्षेत्रको चैतमा शिलान्यास गर्दा मन्त्री पौडेल भागेका थिए

बुटबलमा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा गोली लागेर २ घाईत



बुटवल । बुटबल उपमहानगरपालिका क्षेत्रमा पर्ने मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जामा रहेका सुकुम्बासीको समूह र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर २ जना घाईते भएका छन्।


औद्योगित क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै सुकुम्बासीलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएकोर प्रहरीले बाध्य भएर गोली चालाएको दाबी गरिएको छ। प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोजे पनि सफल हुन सकेको छैन्।


प्रहरीले गए राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। बुटवल उपमनपा वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेक्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको प्रशासनको दाबी छ।


प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिदैं आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार विहान बल प्रयोग गरेको बताइन्छ।


सो औद्योगिक क्षेत्रको गत चैत महिनामा शिलान्याश गर्न जाँदा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि तत्कालिन अर्थमन्त्री विष्णु पौडेल सभास्थलबाट भागेका थिए। प्रहरीको ठूलो दस्ताले सुरक्षा दिएर पौडेललाई कार्यक्रमस्थलबाट भएको थियो। प्रदर्शनकारीहरुले मन्त्री र सुरक्षाकर्मीको सवारी साधनमा समेत ढुंगामुडा गर्दै शिलान्यास गरिएको शिलालेख एकै क्षणमा तोडफोड गरेका थिए।


प्रहरीले दुई राउण्ड गोली प्रहार गर्दा एकको एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको जनाएको छ। घाइते दुवैलाई अस्पताल पठाइएको शसस्त्र प्रहरी बल लुम्बिीन प्रदेशका नायव महानिरिक्षक मुकुन्दराज आचार्यले बताएका छन्।

औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो। सरकारले मोतिपुरलाई औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय २०७२ सालमै गरेको थियो।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन २४, १६: ०९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन २४, १६: ०९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ आश्विन २४, १६: ०९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...