लुम्बिनीमा कांग्रेस र माओबादीबाट ५ मन्त्री र ४ राज्यमन्त्री थपिएः मन्त्रीपरिषद् १७ सदस्यीय – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

लुम्बिनीमा कांग्रेस र माओबादीबाट ५ मन्त्री र ४ राज्यमन्त्री थपिएः मन्त्रीपरिषद् १७ सदस्यीय


बुटवल ।
लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री र चार राज्यमन्त्री थपिएका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराएका हुन्।


आइतबार शपथ लिनेमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री रुपन्देहीका वसिउद्दिन खाँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक छन्।


माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बर्दियाका तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादवले पनि आइतबार नै शपथ ग्रहण गरेका छन्।


यसअघि ८ सदस्यीय रहेको लुम्बिनी प्रदेश सरकारमा आइतबार ९ सदस्य थपिएसँगै मन्त्रिमण्डलको आकार बढेर १७ पुगेको छ। लुम्बिनी प्रदेशमा नेकपा माओबादी केन्द्रको नेतृत्वमा केन्द्र, नेपाली कांग्रेस, जनता समाजबादी पार्टी नेपाल र स्वतन्त्र सांसद पनि सहभागी छन्।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन २४, १६: ५७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन २४, १६: ५७

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन २४, १६: ५७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...