बुटवलमा प्रहरी र सर्वसाधारणबिच झडप हुँदा चार जनाको ज्यान गयो – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

बुटवलमा प्रहरी र सर्वसाधारणबिच झडप हुँदा चार जनाको ज्यान गयो

नयाँ विकल्प,
रुपन्देही – रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परी चार जनाको ज्यान गएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा आइतवार प्रहरीसँगको झडपमा परी घाइते भएकामध्ये चार जनाको ज्यान गएको हो ।

उपचारका लागि पाँच जना प्रहरीसहित १३ जनालाई पुुर्याएको थियो भने तीन जनाको अस्पताल आइपुग्दा नै ज्यान गइसकेको र थप एक जनाको उपचारका क्रममा ज्यान गएको युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए ।


ज्यान गुमाउनेमा सबै सर्वसाधारण रहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियार रहेका छन् ।

अरुको भने पहिचान खुलेको छैन । पाँच जना प्रहरी र चार जना सर्वसाधारण गरी नौ जनाको उपचार भइरहेको छ। ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीयवासी र प्रहरीबिच झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको छ ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन २४, २०: ३६

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ आश्विन २४, २०: ३६

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ आश्विन २४, २०: ३६

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...