
नयाँ विकल्प,
काठमाडौं – गृह मन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् ।
गृह मन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताएका छन् ।
आइतवार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले त्यो घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दै गृह मन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए ।
त्यस क्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए ।
गृह मन्त्री खाणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको बताए ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...