
मकवानपुर – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव पेस गरेकी छन् ।
आइतवार बसेको वाग्मती प्रदेश सभाको नवौँ अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेकी हुन् ।
प्रस्ताव पेस गर्दै उनले आफूले प्रतिनिधित्व गर्ने दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेस गरेको उल्लेख गरिन् ।
प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस भए पनि त्यसमाथि सभाको त्यो बैठकमा कुनै छलफल भने भएन ।
वाग्मती प्रदेश सभाको अर्को बैठक आउँदो कात्तिक ४ गते बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...