
काठमाडौं । नेपालका ख्यातिप्राप्त हाँस्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन्। नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग सोमबार बिहान डोलेश्वर मन्दिरमा गएर विवाह गरेको कलाकार गजुरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
शाखा अधिकृत पोखरेलसँगको चिनजानपछि घनिष्टता बढेको र एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका आफूहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेको गजुरेलले जनाएका छन्। कलाकार गजुरेलका विगत ४ वर्षदेखि एकल जीवन बिताइरहेका थिए। पहिलो वैवाहिक जीवन असफल भएपछि दुई छोरा र छोरीको गजुरेलले नै रेखदेख गर्दै आएका थिए।
डोलेश्वर मन्दिरलाई साक्षी राखेर वैवाहिक कार्यक्रम दुवैको परिवारको उपस्थितिमा सम्पन्न गरी सपरिवार भक्तपुरको कौसलटारमा रहेको मानवसेवा आश्रमका बृद्धबृद्धालाई खुवाएर र खाएर विवाह सम्पन्न भएको गजुरेलले जनाएका छन्।
उनले समामाजिक संजालमा भनेका छन् ‘जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको थियो। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जगजाहेर नैतिकताको छ। जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो।’
उनले आफ्ना छोरा र छोरीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो भन्दै दुुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आएपछि बाबुनानीको आग्रह समेतमा आफूले विवाह गरेको बताएका छन्।

उनले मिडियाकर्मीसँग आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिन, श्रीमती मन्जुको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिन र सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिन आव्हान समेत गरेका छन्।
‘बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ’, गजुरेलले लेखेका छन्, ‘त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ– एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला। सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भीर असरलाई पनि महशुस गर्नुहोला।’

काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...