
पोखरा । काठमाडौं महानगरपालिका –३ गोंगवु निवासी विद्यार्थी सवार एक जीप कास्कीको नयाँ पुलमा दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ। मृतक ८ जनामा एक जना जीपका चालक र वाँकी सबै काश्कीको घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
दशैं विदामा पोखरा घुम्न आएका ति विद्यार्थीहरु सवार ग १ ज ६९०० नम्वरको जीप नयाँपुलबाट घान्द्रुक जाँदै गर्दा अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका –५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन्। दुर्घटनामा परी गोंगबुका १८ वर्षे जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षे सुशन चौधरी, २२ वर्षे अछुतम् काफ्ले, १८ वर्षे आशिष आले र गोंगबु नै बस्ने गोरखाका २७ वर्षे विनय क्षेत्रीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते २० वर्षीया देवीका घिसिङको सकुशल उद्धार गरिएको छ भने मृतको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टमको लागि लगिएको छ।
घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको, उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काश्कीले जनाएको छ। सडकबाट दुई सय मिटर तल खसेको जिप तल्लो सडकमा बजारिएको थियो। जीपले उकालोमा तान्न नसकेपछि ब्याक भएको र ब्रेक पनि नलागेपछि दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...