
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नर्भिक अस्पताल पुगेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर उनले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिए ।
स्वास्थ्यावस्थाबारे जानकारी लिएका पासाङले वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरे । वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।
अहिले स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएका छन् । दम बढेर छातीमा पीडा भएपछि आइतबार वैद्यलाई अस्पताल भर्ना गरिएको थियो। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित छन्।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...